मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो


काठमाण्डौँ । नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ । बिहीबार सार्वजनिक भएको नयाँ तथ्यांक अनुसार संक्रमितको संख्या एक सय नाघेको हो । बिहीबारको रिपोर्ट अनुसार कपिलवस्तुमा दुई जना कोरोना सक्रमित भेटीए छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य  छ ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमित मध्ये १९ जना निको भएर घर फर्किएका छन् ।