मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढाकोटका कुवरद्धारा कारोना राहत कोषमा ६८ हजार बढि आर्थिक सहयोग

बुढाकोटका कुवरद्धारा कारोना राहत कोषमा ६८ हजार बढि आर्थिक सहयोग


बिक्रम परियार, अछाम

बैदेशिक रोजगारको शिलशिलामा रहेका साँफेबगर नगरपालिका वडा नम्बर ९ का युवा कृष्णजँग कुवर स्वदेश तथा बिदेशमा अलपत्र परेका नेपालिलाई राहत जुटाउन आर्थिक सहयोगमा लागि परेका छन ।

बैदेशिक रोजगारको शिलशिलामा पोर्जुगलमा होटेलमा कार्यरत युवा समाजसेबि कुवर भारत तथा नेपालमा सहयोगार्थ स्थापना गरिएका कोष मार्फत राहत रकम आर्थिक रुपमा उपलब्ध गराईरहेका छन । सुदुरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुवर गोबिन्दका छोरा समेत रहेका कुवरका ३ भाई मिलेर बिदेशबाटै आर्थिक सहयोग पठाईरहेका छन ।

सुदुरपश्चीमेली समाज पोर्चुगलका सदस्य रहेका कुवरका १ भाई अष्ट्रेलिया रहेका ब्याबसायि किशोर कुवर र अर्का अमेरिकामा रहेका एरोनिटिकल ईञ्जिनियर दिपेन्द्र कुवरगरि ३ भाईले बिदेशबाटै ब्यक्तिगत रुपमा प्रबासि नेपाली संघ भारत महाराष्ट्र तथा गुजरात, अछाम काठमाण्डौँ सम्पर्क मंञ्च, मेल्लेख गाउपालिकाको भारतमा स्थापना भएको राहत कोष तथा साफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटको राहत कोषमा गरि ६८ हजार ५ सय ५६ रुपैया आर्थिक रकम कोष मार्फत सहयोग गरिएको छ ।

जसमा प्रबासि नेपाली संघ भारत महाराष्ट्र तथा गुजरातको कोषमा १४ हजार ३ सय ९६, प्रबासि नेपाली संघ भारतकै कोषमा १३ हजार ७ सय, अछाम काठमाण्डौँ सम्पर्क मंञ्चमा ६ हजार ७ सय १०, मेल्लेख गाउपालिका मुम्बई राहत कोषमा ४ हजार र साफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटको राहतकोषमा २९ हजार ७ सय ५० सहयोग गरिएको कुवरले बताउनु भयो ।