मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरप्रमुख बाेहराद्वारा मंगलसेन ३ दयकाे क्वारेन्टाइन निक्षण

नगरप्रमुख बाेहराद्वारा मंगलसेन ३ दयकाे क्वारेन्टाइन निक्षण


हाेम साउद, अछाम ।

मंगलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बाेहराले वडानम्वर ३ काे दयमा क्वारेन्टाइनकाे निरिक्षण गर्नुभएको छ । काठमाडौंबाट अाएका ७ जना एकान्तवासमा बसेकाे स्थानकाे नगरप्रमुख बाेहराले निरिक्षण गर्नुभएको हाे ।

निरक्षणका क्रममा नगरप्रमुख बाेहराले हिजाेरातिबाट एकान्तवासमा बसेका ७ जनाकाे अवस्थाबारे जानकारी लिनुभएको हाे । विश्वब्यापि महामारीको रुपमा फैलिएको काेराेना संक्रमणकाे सम्भावित जाेखिम न्युनिकरणका लागि अाफु पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित रहने उपयुक्त विधि एकान्तवास भएकोले नियमानुसार क्वारेन्टाइनमा बस्न नगरप्रमुख बाेहराले अाग्रह गर्नुभयो ।

क्वारेन्टाइनमा बसेकाहरुले अाफै ब्यावस्थापन गरिरहेकाे र अन्य अावश्यक ब्यावस्थापनका लागि नगरपालिका तयार रहेकाे बाेहराले बताउनुभयो । क्वारेन्टाइनमा बसेकाहरुले अाफुहरु सहज र सुरक्षित रुपमा एकान्तवासमा बसेकाे भन्दै परिक्षणकाे ब्यावस्था गरिदिन नगरप्रमुख बाेहरासंग अाग्रह गरेका थिए ।

काठमाडौंबाट अाएका अछाम बहुमुखी क्याम्पसका एकजना प्राध्यापक सहित वडानम्वर ३ का ७ जना वडानम्वर ३ काे दयमा गाउटाेलबाट करिब २ किलोमिटर टाढा एकान्तवासमा बसेका छन । क्वारेन्टाइनकाे स्थलगत निरिक्षणमा अछाम अस्पताल ब्यावस्थापन समिति अध्यक्ष प्रभुनाथ खनाल, प्रहरी चाैकि मंगलसेनका ईञ्चारज धनबिर सिंह धामि, नगरपालिकाका स्टाेरकिपर नरेश बहादुर कठायतकाे सहभागीता रहेकाे थियाे ।