मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरको पशुसेवाद्वारा अत्यावश्यक औसधि खरिद

मंगलसेन नगरको पशुसेवाद्वारा अत्यावश्यक औसधि खरिद


मंगलसेन नगरपालिका पशुसेवा कार्यालयले पशुबस्तुका लागि अत्यावश्यक २५ ओटा औसधि खरिद गरेकाे छ । ९९ हजार ९९३ रुपैयाँको लागतमा अत्यावश्यक अाैषधि खरिद गरिएको हाे । यस्तै २० हजारकाे लागतमा १ पिस बडिजाे क्यास्टेटर खरिद गरि ल्याईएकाे पशुसेवा शाखाप्रमुख नेत्रबहादुर कठायतले बताउनुभयो ।

यस्तै मंगलसेन नगरपालिका कृषि विकास शाखाले उन्नत जातकाे मकै र तरकारीको बीउ बितरण सुरु गरेकाे छ । शाखाको वार्षिक कार्यक्रम अन्तरगत ३ कुईन्टल मकैकाे बीउ र बिभिन्न तरकारीको बीउ तथा अाकस्मिक विषादी खरिद गरि ल्यायर बितरण सुरु गरिएकाे जनाईएकाे छ ।

तरकारीमा टमाटर, मुला, बन्दा, काउलि लगायतको बीउ ५० प्रतिशत अनुदानमा बितरण भैरहेकाे कृषि विकास शाखाका प्रमुख कृष्णा कुमारि जाेशिले बताउनुभयो । जम्मा १ लाख १६ हजार ३५० बराबरको बिउभिजन खरिद गरिएको शाखाले जनाएको छ ।

दुईवटै शाखाले खरिद गरि ल्यायका सामग्रीको मंगलसेन नगर प्रमुख पदमबहादुर बाेहरा र उपप्रमुख सरिता उपाध्याय सहितको टाेलिले अनुगमन गरेकाे छ । बिउभिजन, अाैषधि र अन्य अावश्यक सरसामानकाे सहि सदुपयाेग गर्न र नगरवासिलाई लाभान्वित बनाउन अनुगमन टाेलिले अाग्रह गरेकाे छ ।

अनुगमन कार्यमा नगरपालिकाका स्टाेरकिपर नरेश बहादुर कठायत, एमअाईयस अपरेटर हाेम साउद, एकेन्द्र बाेगटि लगायतकाे सहभागीता रहेकाे थियाे ।