मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरुदण्ड भाचिएका रमेश भन्छ्न : मलाई बचाईदिनुस

मेरुदण्ड भाचिएका रमेश भन्छ्न : मलाई बचाईदिनुस

सुदूर आज

पवन भण्डारी ,धनगढी

बाजुराको खप्तड छेडेदह गाँउपालिका ३ धनाल्तमा बस्ने २३ बर्षका रमेश रावतले आर्थिक सहयोग का लागि अपिल गरेका छन । मेरुदन्ड भाचियर काठमाडौको सुष्मा कोइराला मेमोरियल अस्पतालको शैयामा रहेका उनले ४ ओटा अप्रेसन गर्नु पर्ने भएकोले आफू सङ्ग तेति ठूलो रकम नभएको ले आर्थिक सहयोग गरि आफ्नो जीवन बचाई दिन आग्रह गरेका छ्न ।

आर्थिक अभाबका कारण सानै उमेरमा भारत पुगेका उनको २०७२ साल जेष्ठ ३ गते भारतको उत्तराखण्ड बिजुलीको पोलमा ट्रान्समिटर जोडने बेला लडेर मेरुदण्ड भाचिएको थियो । भारतमा आर्थिक अभाबमा उपाचर गर्न नसकि उनलाई घर ल्याएको थियो ।

भारत मा रहेका नेपालीहरुले रमेश रावत बचाउ अभियान को थालनी गर्दै जम्मा भएको रकम ले उनी अहिले काठमाडौ मा उपचार गरिरहेका छ्न । करिब १ लाख जति आर्थिक सहयोग जम्मा भएको थियो २ अप्रेसन मै सकियो अझै २ अप्रेसन गर्नु पर्ने छ पैसा छैन के गर्ने उनले भने । जग्गा जमिन समेत बेचिसक्य अब त केही पनि छैन उनले दुखेसो पोखे ।

सबै सरह हिड्ने रहर मलाई पनि छ बाच्ने रहर मलाई पनि छ के गर्ने अब त उपचार नै नपायर मर्ने भैइयो जस्तो लाग्छ । उनले सबै लाई सहयोग गरि आफ्नो जीवन बचाई दिन अनुरोध समेत गरेका छन । जिवनमा एक चोटि भए पनि उभिएर सबैलाई हेर्ने धोको छ । २०७१ चैतको महिना एसएलसि दिएर उनि भारतमा काम गर्न गएका थिए । पैशा कमाएर उच्च शिक्षा पढने रहर रहेको रमेश मेरुदण्ड नै भाचिएपछि उनि अहिले मृत्यु सँग जुधिरहेका छन् ।

उनको कम्मर तलको कुनै पनि भाग नचल्ने गरेको छ । उनि घाइते भएको बेला उपचारको लागि हल्दानी शुशिला तिवारी मेडिकल कलेज उपचार गरेको भएपनि सञ्चो भएन् । उपचारमा संलग्न चिकित्सकले भाचिएको मेरुदण्डमा स्टील प्रयोग गरेर ११ दिन पछि अप्रेसन गरे तर सामान्य यता उति चलाउन सक्ने भएका थिए ।

अस्पतालले पहिले झै हिडडुल गर्न सक्ने गरि उपचार त हुन्छ, तर उपचारका लागि झण्डै ५० लाख रुपैयाँ लाग्ने बताएपछि उनि उपचार नगरेर नेपाल आएका थिए । गाँउमा ऋण खोज्दा कतै पाएनन केही समय सम्म घरमै उपचार अभाबमा तडपिरहेका थिए । घरमै फेरी होइलचियरमा लडेर पुरानो स्थीती भएको ले पछि फेरि काठमाडौ म उपचारका लागि आफन्त ले पुर्यायको उनले बताए ।

चिकित्सहरुले घाउको २ अप्रेशन गरिसकेको र अझै २ अप्रेसन गनुपर्ने वताएको छ, घाउ ठिक हुन ४५ दिन लाग्ने बताएको उनले बताए । अस्पतालको शैया रुदै रमेशले भने त्यसपछि फेरि फिजियो थेरापी गरेपछि सामान्य हिडडुल गर्न सक्ने डाक्टरले वताएको तर खानलाई समेत पैशा नभएको ले समस्या भएको रमेशले वताए ।

गाँउपालिका लगायत अन्य निकायमा पहल गर्दा पनि कतै बाट सहयोग नमिलेको उनले वताए । अस्पतालको शैया बाट रमेशले भने उपचारमा सहयोगका लागि अपिल गरेका छन् । सहयोगका लागि रमेश रावतको फोन न ९८६३३०३३३४ मा सम्पर्क गर्नुहोला