मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेन नगरका ६ वडामा २२ जनालाई राहत वितरण

मंगलसेन नगरका ६ वडामा २२ जनालाई राहत वितरण

सुदूर आज

फाइल फोटो

कमल रावल, अछाम।

मंगलसेन नगरपालिका भित्र ६ वडाका २२ जनालाई राहत वितरण गरिएको छ । कोरोनाभाईरसको संक्रमणका कारण भएको बन्दाबन्दीले समस्यामा परेका वडा नम्बर ६,७,९,१०,१२ र १४ का गरिब, विपन्न तथा असाहय परिवारका २२ जनालाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

मालिका विकास संघ नेपालको सहकार्य र डींसीए कोआर्थिक सहयोगमा र मगंलसेन नगरपालीको समन्वयमा राहत वितरण कार्यक्रम सम्पन्न भएको बताईएको छ । मंगलसेन नगरपालिकाले छनौट गरेर संस्थालाई उपलब्ध गराएका ब्यक्तिलाई खाद्यान्न सामाग्री वितरण गरिएको मालिका विकास संघका कोभिड जिल्ला संयोजक रतन रावलले बताउनु भयो ।

प्रत्येक ब्यक्तिलाई ३० केजी चामल, ३ केजी दाल, २ केजी चिनी, २ केजी नुन २ सय ५० ग्राम चियापती र ४ पीस साबुन वितरण गरिएको बताईएको छ । बाँकी वडा नम्बर ३,४ र ५ का १७ जनालाई भोलि वितरण गरिने बताईएको छ । मालिका बिकास सँघको सहयोगमा नगरका ३९ जनालाई खाद्यान्न सामाग्री वितरण गर्ने बताईएको छ ।

राहत वितरणको सहजिकरण मालिका विकास संघका कोभिड जिल्ला संयोजक रतन रावल, उपसंयोजक गोपी सिह नेपाली, फिल्ड संयोजक कुल बहादुर साउद र सामाजिक परिचालक पशुपती रावलले गर्नु भएको थियो ।