मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लगातार तीन दिनसम्म मेघ गर्जनसहित वर्षा हुने

लगातार तीन दिनसम्म मेघ गर्जनसहित वर्षा हुने


काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण केहि दिन यता दिनहुँजसो हुँदै आएको वर्षा अझै तीन दिनसम्म लगातार हुने भएको छ।

ठाउँ ठाउँमा चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज (शुक्रबार) देशैभर वर्षाको सम्भावना रहेपनि मध्य र पूर्वी पहाडी क्षेत्रमा बढि वर्षा हुने देखिएको छ ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइराखेको छ । यो क्रम अझै तीन दिनसम्म जारी रहने चल्ने मौसमविद्हरुले बताएका छन् । अहिले प्री मनसुन सक्रिय भएकाले ठाउँ ठाउँमा चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने उनीहरुको भनाइ छ ।

यो वर्ष प्री मनसुन अघिल्ला वर्षहरुको तुलानामा अधिक वर्षा भएको छ । बैशाख महिनामा मात्रै अघिल्लो वर्षको भन्दा ४० प्रतिशत बढि पानी परेको छ ।

जेठमा पनि अघिल्लो वर्षको भन्दा धेरै वर्षा भएको छ । यो वर्ष मनसुनमा भने औसत मात्रै वर्षा हुने मौसमपूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

जेठ १६ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १७ गते (शनिबार)

दिउँसोः देशको पुर्वी र पश्चिमी भू-भाग लगायत मध्य पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति: बाँकी भू-भागमा आंशिक बदली रहनेछ।देशका पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १८ गते (आइतबार)

दिउँसोः देशको पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पश्चिमी भू-भागहरुमा सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।