मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा एडिएसएल सेवा अबरुद्ध, आजै सुचारु हुने संकेत

अछाममा एडिएसएल सेवा अबरुद्ध, आजै सुचारु हुने संकेत


अछाम – अछाम जिल्लामा नेपाल टेलिकमको एडिएसल सेवा अबरुद्ध भएको छ । सेवा अबरुद्ध भएको हप्ता दिन हुनै लाग्दा समेत टेलिफोन र एडिएसल इन्टरनेट सेवा सुचारु हुन सकेको छैन् ।

जेष्ठ १४ गते दिउँसो आएको हावाहुरीका कारण जिल्लाको मार्कुमा बिधुतको पोल ढल्दा सङ्गै रहेको टेलिकमको अप्टीकल फाईबर पनि चडिएको थियो ।

आईतबार बिहान सम्म अप्टीकल फाईबर मर्मतको काम नभएको पाईएको छ । यता जिल्ला टेलिकममा यस बारे जानकारी लिदाँ अत्तरियाबाट प्राबिधिकको टोलि अछामको लागि हिडिसकेको आईतबार बेलुका सम्म मर्मत भईसक्ने जनाईएको छ ।

नेपाल टेलिकम अछामका प्रमुख खड्क धामीका अनुसार नेपाल टेलिकमले प्राविधिक क्षेत्र मर्मत सम्भारको जिम्मा प्राईभेट क्षेत्रलाई दिईएको हुँदा लकडाउनका कारण सवारी समस्याले ढिलो हुन गएको हो ।

अबरुद्ध सेवा सुचारु नहुदाँ जिल्ला कार्यालय, संचारगृह, सञ्चारकर्मी मारमा परेका छन् ।
यसका साथै दैनिकजसो ईनटरनेट प्रयोगकर्ताहरु अप्ठ्यारोमा परेका छन् ।