मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर कोरोनाका संक्रमितको संख्या १८ सय ११ पुग्यो

देशभर कोरोनाका संक्रमितको संख्या १८ सय ११ पुग्यो


काठमाडौं- विभिन्न जिल्लामा गरेर पुनः १३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर कोरोनाका संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ।

सोमबार साँझ मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पाल्पा, नवलपरासी, गुल्मी, कपिलवस्तु र रुपन्देहीमा गरेर १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पाल्पाको निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासीको सरावल गाउँपालिकाका ५ वर्षीय बालक, गुल्मीको रेसुंगा गाउँपालिकाका २६ वर्षीय पुरुष, कपिलवस्तुको मायादेवी गाउँपालिकाका १९ देखि ४० वर्षका ७ जना पुरुष तथा रुपन्देहीको र्गैडहवा गाउँपालिकाका एक ३ वर्षीया बालिका र ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना परीक्षण गरिएको थियो।

थपिएका १३ जनासहित सोमबारमात्रै २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।