मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुखले भने रुकुम पश्चिम घटनाको छानबिनका लागि संसदीय समिति गठन हुन्छ

सभामुखले भने रुकुम पश्चिम घटनाको छानबिनका लागि संसदीय समिति गठन हुन्छ


रुकुम – रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा जेठ १० गते ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने सभामुख अग्‍निप्रसाद सापकोटाले बताएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा उनले संसदीय समिति गठनको आश्वासन उनले दिएका हुन्। बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले संसदीय समिति नबनाइएको भन्दै समिति गठन नभए बैठक चल्न नदिने चेतावनी दिएकी थिइन्।

सोती घटनामा छानबिन गर्ने कुरामा संसदलाई विश्वास नभएको भन्दै उनले संसदबाटै सर्वदलीय संसदीय गठन गर्न माग गरेकी थिइन्।

पोस्टमार्टमको रिपोर्टले ६ युवाको हत्या भएको देखिएको भन्दै उनले रुकुम पश्चिममा भएको घटना सामूहिक ढंगबाट गरिएको नरसंहार भएको बताइन्। घटनालाई प्रभावित बनाउने गरी गृहमन्त्री रामबहादुर थापा र महान्यायाधिवक्ता अग्‍नि खरेलको अभिव्यक्ति आएको भन्दै भुसालले आपत्ति पनि जनाइन्।

संसदीय समिति गठन नभई संसद् नचल्ने चेतावनी प्रतिपक्षीले दिएपछि सभामुख सापकोटाले समिति गठन गर्ने आश्वासन दिएर बैठक सुचारु गराएका छन्।