मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वदेश फर्किन चाहने सबैलाई फिर्ता ल्याऊ : कांग्रेस

स्वदेश फर्किन चाहने सबैलाई फिर्ता ल्याऊ : कांग्रेस


काठमाडौं- नेपाली कांग्रेसले स्वदेश फर्किन चाहने सबै नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारलाई अनुरोध गरेको छ।

सरकारले विदेशबाट २५ हजार नेपाली स्वदेश फर्काउन लागेको छ। नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले विज्ञप्ति जारी गर्दै २५ हजारमात्र नभई स्वदेश फर्किन चाहने सबैलाई फर्किन आग्रह गरेका छन्।

भट्टराईले सरकारले सुरु गर्न लागेको पहल राम्रो रहेको भन्दै कोरोना भाइरसको महामारी तत्काल रोकिने जस्तो नभएकाले थप तयारी गर्न सुझाव दिएका छन्।

भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विदेशबाट ल्याइएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैको कोरोना भाइरस पीसीआर विधिबाट परिक्षण गरियोस्। र, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको क्वारेन्टिन वा अन्य प्रबन्ध मिलाइयोस्।’

बुँदागत रुपमा दिइएको सुझामा भनिएको छ, ‘सरकारले विभिन्न देशमा रहेका २५ हजार नेपालीलाई फिर्ता गर्ने तथ्यांक सार्वजनिक गरेको छ। विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर फर्कन पाउने अधिकार छ। तसर्थ संख्या तोक्ने होइन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ।’

यस्तै विदेशबाट फिर्ता भएका नेपालीहरुलाई रोजगारीमूलक काम दिनेगरी तत्काल विषेश कार्यक्रम घोषणा गरेर कार्यन्वयन गर्न पनि सुझाव दिइएको नेपाल समयमा खबर छ।