मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१८ बर्ष देखि बेपत्ता भाईको खोजि गरिदिन दाजु शिबराज तिमिल्सैनाको आग्रह

१८ बर्ष देखि बेपत्ता भाईको खोजि गरिदिन दाजु शिबराज तिमिल्सैनाको आग्रह

सुदूर आज

नेपालगञ्ज ।

माओवादी द्वन्द्वको क्रममा बेपत्ता भएको आफ्नो कान्छो भाई नरेन्द्र तिमिल्सैनाको खोजी कार्यमा सहयोग गरिदिन उनका दाजु शिबराज तिमिल्सैनाले आग्रह गरेका छन् । उनका दाजु तिमिल्सैनाले भाई बेपत्ता भएको १८ बर्ष भईसक्दा पनि कुनै अत्तोपत्तो नभएको भन्दै खोजी गरिदिन सबैमा आग्रह गरेका हुन् ।

नेपाली काङ्ग्रेस अछामको राजनीतिमा सक्रिय नरेन्द्र तिमिल्सैनालाई वि.संं. २०५९ सालको जेठ तिर कसैले भेट्न बोलाएपछि उनि घरबाट भेटन नेपालगन्जको बजार गएका थिए । त्यसपछि उनि फर्केर नआएको उनका दाजु शिबराज तिमिल्सैनाले स्मरण गरेका छन् । अछाम जिल्लाको साविकको कुइका गाविसको दुई कार्यकालको अध्यक्ष भैसकेको नरेन्द्र घर फर्किने झिनो आस अझै बाँकी रहेको भन्दै दाजु तिमिल्सैनाले खोजी कार्यमा सहयोग गर्न आग्रह गरेका हुन् ।

भाई हराउदा आमा ७० बर्षको हुनुहुन्थ्यो अहिले ८८ बर्ष पुग्नुभयो, बितेका अठार वर्ष सम्म आमाका आँखा ओभानो भएका छैनन् दाजु शिबराजले भने बृद्धअवस्थामा पनि हरेक दिन जसो आमा नरेन्द्रको कुरा गरिरहनु हुन्छ । भाईको परिवारलाई कुनै कमि हुन नदिएपनि छोराछोरीको आँखामा बुवालाई भेट्ने उत्कट अभिलाषा देखिन्छ नरेन्द्रका दाजु शिबराजले भने जब छोराछोरीले नरेन्द्रलाई खोज्छन् त्यति बेला भाईको सम्झनामा छाती चिरिन्छ । द्वन्द्व सकियो भाई आउँछ कि भन्ने आस पलायो सबै आए तर मेरो भाई आएन भन्दै दाजु शिबराजको गुनासो सधैँ जसो भईरहन्छ ।

२६ बर्षको उमेरमा पहिलो पटक साविकको कुइका गाविसको अध्यक्षमा निर्वाचित नरेन्द्र स्थानीय तहको चुनावमा पक्कै आउँछ सोचेको थिए तर उ प्रदेश हुदैँ प्रतिनिधिसभाको निर्वाचनमा पनि आएन दाजु शिबराजले भने देशमा लोकतन्त्र गणतन्त्र आयो तर मेरो भाई देखा परेन ।

नेपाल देखी भारतका धेरै ठाउँ खोजे पनि भाई नभेटिएपनि बेपत्ता भएको १८ बर्ष पूरा हुँदा पनि भाई नरेन्द्र तिमिल्सैनालाई खोज्ने आफ्नो अभियान नरोकिएको उनले बताए । अहिले अन्तराष्ट्रिय महामारी घोषित कोरोना भाइरस पछि भएको लकडाउनले बर्षौ अघि देखि घरपरिवारको सम्पर्क बाहिर रहेकाहरु सम्पर्कमा आएका छन । दुई दशक भन्दा बढी समय देखि बेपत्ता घर पुगेका छन । त्यसैले पनि नरेन्द्र जिवित छ अवस्य भेटिन्छ भन्ने आशा उनका दाुजमा छ । वि.संं. २०५५ असार १ गते माओवादीले लुटपाट गरेर घर कब्जा गरेपछि नरेन्द्र तिमिल्सैना अछामबाट नेपालगन्ज विस्थापित भएका थिए ।