मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विज्ञहरुले चेतावनी दिदै भने यो विश्वको अन्तिम महामारी होइन

विज्ञहरुले चेतावनी दिदै भने यो विश्वको अन्तिम महामारी होइन


बीबीसी । हामीले जङ्गली जीवजन्तुबाट मान्छेसम्म संक्रमण हुने रोगहरुका लागि एकदम उचित वातावरण सिर्जना गरेकाले नै यस किसिमका भाइरस अब विश्वमा झन धेरै र छिटो फैलने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

प्रकृतिमा मान्छेको बढ्दो हस्तक्षेपले नै सो प्रक्रियालाई तिव्र बनाइरहेको उनीहरुले बताए । नयाँ रोगहरु कसरी र कहाँबाट उत्पति हुन्छन् भन्ने सम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएका विश्वभरका यी स्वास्थ्यविद्हरुले अहिले कुन जीवजन्तुबाट निस्कने रोग मान्छेका लागि सबैभन्दा खतरनाक हुन्छ भन्ने पत्ता लगाउन एक पहिचान प्रणालीको विकास गर्नमा लागि परेका छन् ।

युनिभर्सिटी अफ लिभरपुलका वैज्ञानिकहरुको नेतृत्वमा, मान्छेलाई भविष्यका महामारीका लागि तयार राख्ने प्रयास स्वरुप उनीहरुले यो खोज सुरु गरेका हुन् । लिभरपुलका प्रमेफेसर म्याथ्यु बेलिस भन्छन्, “पछिल्लो २० वर्षमा हामीले ६ उल्लेखनीय खतराहरुको सामना गरिसकेका छौँ – सार्स, मर्स, इबोला, एभियन इन्फ्लुएन्जा र स्वाइन फ्लु ।

हामी ६ पटक यस्ता संकटबाट बच्यौँ । र अहिलेको कोभिड–१९ पनि अन्तिम महामारी होइन । हामीले अझै यस्ता धेरै ठूला आपत्को सामना गर्नुपर्ने हुन सक्छ जसकारण पनि वन्यजन्तु सम्बन्धी रोगलाई नजिकबाट अध्ययन गर्न आवश्यक छ । ”

विज्ञानलाई थाहा भएका हजारौँ ब्याक्टेरिया, प्यारासाइट र भाइरसहरु मध्ये उनीहरुले विकास गरेको प्रणालीले तिनले कति सङ्ख्यामा र कस्तो प्रजातिलाई संक्रमित गराउँछन् भन्ने आधारमा किटाणुको पहिचान गर्नेछ । यसबीच कुनै ‘प्याथोजेन’ प्राथमिकतामा राख्नुपर्ने अवस्था आएमा वैज्ञानिकहरुले तुरुन्तै त्यस सम्बन्धी अनुसन्धान गर्न सुरु गर्नेछन् र रोग निस्कनु अगाडि नै यसबाट बच्ने उपाय अनि उपचार विधिको खोज सुरु गर्नेछन् । प्रोफेसर बेलिस भन्छन्, “यो रोग रोकथाम सम्बन्धी अर्को ठूलो सुरुवाती कदम बन्न सक्नेछ । ”