मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुम्बईमा मात्रै वुहानमा भन्दा बढी कोरोना संक्रमित

मुम्बईमा मात्रै वुहानमा भन्दा बढी कोरोना संक्रमित


भारतको आर्थिक राजधानी मुम्बईमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ हजार पुगेको छ। यो संख्या चीनको वुहान सहरको भन्दा पनि बढी हो। वुहान कोरोना भाइरसको उद्गम स्थल हो। गएको डिसेम्बर अन्तिम साता वुहानबाट सुरु भएको यो भाइरस विश्वभर फैलिसकेको छ।

भारतमा संक्रमितको कुल संख्या २ लाख ७६ हजार नाघेको छ। महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित छ, जहाँ ९० हजारभन्दा बढी संक्रमित भइसकेका छन्। मुम्बई महाराष्ट्रको राजधानी हो।

मुम्बईसँगै भारतको केन्द्रीय राजधानी मुम्बईमा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ। दिल्ली सरकारले जुलाई अन्तिमसम्ममा त्यहाँ ५ लाख संक्रमित हुन सक्ने बताएको छ।

भारतले करिब साढे दुई महिना लकडाउन गरेपछि अहिले क्रमशः खुकुलो बनाउँदै लगेको छ। त्यहाँ मार्च २४ देखि लकडाउन गरेकोमा जुन १ तारिखदेखि क्रमशः खुला गरिरहेको छ।

भारतमा दैनिक संक्रमणको आँकडा हेर्दा कोरोना उच्च बिन्दुमा अझै पुगिनसकेको विज्ञहरुले बताएका छन्।