मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आधुनिक युगमा पनि जातीयताकै वकालत गर्नु लज्जाको विषय हो : मिश्र

आधुनिक युगमा पनि जातीयताकै वकालत गर्नु लज्जाको विषय हो : मिश्र


काठमाडौं– साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जातीयतामा विश्वास गर्नु मानवीयताको हितविपरीत भएको बताएका छन्।

सामाजिक विभेदविरुद्ध संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार माइतीघर मण्डलमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘अहिले विकासको बारेमा बोल्नुपर्ने, मोडर्न जमानामा आएर पनि जातीयताकै वकालत गर्नु लज्जाको विषय हो। हामीले यहाँ भनेको कुरा गाउँगाउँसम्म त नपुग्ला, तर उहाँहरुलाई यो कुरा भनिदिनु होला,’ कार्यक्रममा मिश्रले भने, ‘दलितले छोएको पानी नखानेले उसले सिलाएको लुगा पनि लगाउनु हुँदैन।’

उनले थपे, ‘जातीयतामा विश्वास गर्नुुहुन्छ भने तपाईं नाँगै हिँड्नुहोस्। तपाईं नाँगै हिँड्न योग्य हुनुहुन्छ।’

उनले दुर्गम ठाउँमा मात्र नभएर काठमाडौंका शिक्षित र उच्च घरानाका मानिसमा पनि जातीयताबारे धारणा बदलिन नसकेको बताएका छन्।

‘मेलै उच्च र शिक्षित घरानाका धेरै मानिस देखेको छु, जो बाहिर खुल्ला रुपमा बोल्न सक्दैनन् तर घरमा अन्तरजातीय विवाहको विरोध गर्छन,’ उनले भने। – नेपाल समय