मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले भारतमा एकैदिन ३२१ जना भन्दा बढी संक्रमितको मृ’त्यु

कोरोनाले भारतमा एकैदिन ३२१ जना भन्दा बढी संक्रमितको मृ’त्यु


काठमाडौँ। भारतमा कोरोना भाइरसका कारण आइतबारमात्रै ३२१ जनाभन्दा बढी संक्रमितले ज्या’न गु’माएका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोनाका कारण हालसम्म भारतमा ९ हजार ५२० जनाभन्दा बढीको ज्या’न गइसकेको छ ।

त्यस्तै संक्रमित थपिने संख्या पनि उत्तिकै ड’रलाग्दो हुँदै गएको अधिकारीहरुले जनाएका छन् । पछिल्लो रिपोर्ट अनुसार आइतबारमात्रै ११ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

भारतमा हालसम्म ३ लाख ३३ हजारभन्दा बढी संक्रमित रहेका छन् ।त्यस्तै १ लाख ६९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था ग’म्भीर रहेको छ । त्यस्तै भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरस संक्रमण तीव्ररुपमा बढिरहेको छ ।

कोरोना संक्रमित संख्या बढ्दै गएपछि दिल्ली सरकारले नयाँ कार्य योजना तयार पार्न लागेको बताइएको छ । लकडाउन कडा गर्ने वा अन्य योजना तयार पार्नेबारे छलफल चलिरहेको बताइएको छ । नेशनल टाक्स फोर्सले दिल्लीको समुदायमा कोरोना फैलिइसकेको रिपोर्ट केन्द्र सरकारलाई बुझाएको थियो ।