मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी गाउँपालिकामा ४ जनाको आरडिटी पोजिटिभ, ८९ जना घर फर्किए

ढकारी गाउँपालिकामा ४ जनाको आरडिटी पोजिटिभ, ८९ जना घर फर्किए


अछाम – जिल्लाको ढकारी गाउँपालिका ६ ढुंगाचाल्नाका ८९ जना क्वारेन्टिनबाट घर फर्किएका छन् भने ४ जनालाई आरडिटी परिक्षणमा कोरोना संक्रमण भेटिएको छ ।

 ढुंगाचाल्नाको अष्टशिद्धी माविको क्वारेन्टिनमा बसेका ९३ जनामा गरिएको आरडिटी परिक्षणका क्रममा चार जनालाई कोरोना पोजिटिभ र अन्य ८९ जनाको रिर्पोट नेगेटिभ आएको वडा नम्बर ६ का वडाध्यक्ष नरबहादुर बुढाले जानकारी दिए ।

उनका अनुसार कोरोना नेगेटिभ देखिएका सबै घर फर्किएका छन् भने परिक्षणका क्रममा पोजिटिभ रिर्पोट आएका २८ वर्षकी एक महिला र २०, ४१ र ४६ वर्षका तिन जना पुरुषलाई क्वारेन्टिनमै राखिएको छ ।

संक्रमित देखिनेमा चारै जना साबिक ढुंगाचाल्ना गाबिस वडा नम्बर ३ का रहेका छन् । उनीहरुको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर पठाउने तयारी भइरहेको पनि वडाध्यक्ष बुढाले जानकारी दिए।

अष्टशिद्धी माविमा रहेको क्वारेन्टिनमा बसेका सबै ९३ जना नै भारतबाट आएकाहरु हुन् । उनीहरु सबै सडक निर्माणमा काम गर्न भारत गएका थिए । कोरोनाको कहरपछि उनीहरु गाउँ फर्किएर क्वारेन्टिनमा बसेका थिए ।