मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काङ्ग्रेस डोटीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठायो

काङ्ग्रेस डोटीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठायो


डोटी – नेपाली कांग्रेस डोटीले विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) सम्बन्धि विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय डोटी मार्फत प्रधानमन्त्री केपि ओलिलाई ज्ञापन पत्र पठाएको छ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति डोटीका पार्टी सभापति प्रदिपकुमार देउवाले डोटीका प्रमुख जिल्ला अधिकारी भीम प्रसाद भट्टराई मार्फत बुझाएका हुन् ।

पार्टी सभापति देउवाद्वारा हस्ताक्षर ज्ञापन पत्रमा आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन जोड दार माग गरिएको छ। दुई तिहाईको सरकारले सम्भाव्य अवस्थालाई संवेदनशील रुपमा नलिएको आरोप लगाएको छ ।

स्वास्थ्य सामग्रीको यथोचित व्यवस्थापन गर्न नसकेको समेत नेपाली कांग्रेस डोटीले आरोप लगाएको छ। सरकारको लाचार पनका कारण दिनहुुँ सक्रमीत वढिरहेको समेत आरोप लगाइएको छ।