मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्वमा ५४ हजार भन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर

बिश्वमा ५४ हजार भन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर


काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट संक्रमित भएकामध्ये ५४ हजार ५ सयभन्दा धेरैको अवस्था गम्भीर बनेको छ ।

८१ लाख ५५ हजारभन्दा बढि संक्रमित भएकोमा हाल ३५ लाख उपचाररत रहेका छन् । त्यसमध्ये ५४ हजार ५ सयभन्दा धेरैको अवस्था गम्भीर रहकेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।

गम्भीर अवस्थामा उपचार रहेकाहरु सबैभन्दा बढि अमेरिकामा रहेका छन् । जहाँ १६ हजार ६ सय ९५ जनाको अवस्था जटिल छ । यस्तै भारतमा ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

त्यस्तै ब्राजिलमा ८ हजार ३ सय १८, इरानमा २ हजार ८ सय १५, रुसमा २ हजार ३ सय, क्यानडामा १ हजार ९ सय ७१, साउदी अरबमा १ हजार ८ सय ९७, चिलीमा १ हजार ७ सय २७, पेरुमा १ हजार १ सय २१ जनाको अवस्था गम्भीर रहेको वर्डओमिटरमा उल्लेख छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ८१ लाख ५५ हजारभन्दा बढि व्यक्ति संक्रमित भएका छन् भने ४ लाख ४१ हजार ५ सय ५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कोरोना संक्रमित भएकामध्ये ३९ लाख ५५ हजार १ सय ६९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।