मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकता विधेयक टुंगो लगाउन शनिबार नेकपा सचिवालयको बैठक बस्ने

नागरिकता विधेयक टुंगो लगाउन शनिबार नेकपा सचिवालयको बैठक बस्ने


काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नागरिकता विधेयक टुंगो लगाउन सचिवालय बैठक बोलाएको छ । बैठक शनिबार बिहान ९ बजेका लागि तय भएको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

नागरिकतामा राखिने प्रावधानका विषयमा दलहरूबीच सहमति नहुँदा विधेक संसदीय समितिमा अड्किएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ र राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए ।

बैठकपछि प्रधानमन्त्री र पार्टी अध्यक्ष छलफल गरेर सचिवालय बैठक बसेर टुङ्गो लगाउने निर्णय भएको नेम्वाङले जानकारी दिए ।