मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम ३ हजार भिटिएम ल्याइए संगै स्वाब संकलन फेरी सुरु गरिने

सुदूरपश्चिम ३ हजार भिटिएम ल्याइए संगै स्वाब संकलन फेरी सुरु गरिने


धनगढी: संघीय सरकारले कोरोना परीक्षणका लागि स्वाव संकलन गर्दा आवश्यक पर्ने भिटिएम पठाएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुई हजार भिटिएम पठाएको जानकारी दिए।

यस्तै सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले पनि एक हजार भीटीएम खरिद गरेको उनले बताए।

भिटिएम ल्याइएसंगै फेरी स्वाब संकलन सुरु भएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए। 

प्रदेश सरकारसंग भिटिएमको मौज्दात सकिएपछि पाँच दिनसम्म कोरोना परीक्षणका लागि स्वाब संकलन हुन सकेको थिएन।

तर स्थानीय तहले भने भिटिएम खरिद गरेर स्वाब संकलन जारी राखेका थिए। – दिनेश खबर