मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज लाग्ने सूर्य ग्रहणले ८८ प्रतिशत सूर्यलाई छेक्ने

आज लाग्ने सूर्य ग्रहणले ८८ प्रतिशत सूर्यलाई छेक्ने


नेपालमा बिहान १०ः५५ देखि सुरु हुने ग्रहण अपराह्न २ः२४ बजे समाप्त हुनेछ। मध्याह्न १२ बजेर ४ मिनेट जाँदा ग्रहणले सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिने खगोलविद्ले बताएका छन्। नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने बताइएको छ।

ग्रहणका समयमा तापक्रम घटेर चिसो अनुभव हुने जानकारहरु बताउँछन्। सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। यसो गर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश पर्ने र रेटिना नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्ने विज्ञहरुले बताएका छन्।

सूर्यग्रहण हेर्न चाहनेलाई लक्षित गरी आज एष्ट्रोनोमिकल क्लबले काठमाडौंको सामाखुसीस्थित तक्षशिला कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको बताएको छ।

यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युब च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ।