मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहानैदेखि वर्षा हुन्छ, सतर्क रहन आग्रह

बिहानैदेखि वर्षा हुन्छ, सतर्क रहन आग्रह


अछाम – देशभर मनसुनी वायुको प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार बिहानेखि नै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। अरु ठाउँमा पनि सामान्यदेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।

भारी वर्षा हुने ठाउँका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

मनसुनी वायुको प्रभाव रहेकाले आज दिनभर नै पानी पर्ने मौसम महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, प्रदेश ५, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही ठाउँमा र प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।