मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज पनि भारी वर्षा हुने

आज पनि भारी वर्षा हुने


काठमाडाैं- मनसुन सक्रिय भएसँगै देशका अधिकांश भूभागमा सामान्य, मध्यमदेखि भारी वर्षा हुने क्रम बढेर गएको छ । आज (मंगलबार) पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। अहिले विशेषगरी पूर्वी तराई तथा सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस्तै महाशाखाका अनुसार राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना छ।

मध्यम र भारी वर्षा हुने क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ ।

ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, कैलाली, कञ्चनपुर र आसपास मध्यमदेखि भारी बर्षा भईरहेकोले कन्काईलगायत झापा, मोरङ, सुनसरी भई बहने साना नदीमा बहाव बढ्ने, केहिमा आकस्मिक बहाव पनि हुन सक्ने भन्दै बाढी पूर्वानुमान शाखाले सर्तक हुन भनेको छ । – नेपाल समय