मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आलोपालोको सहमति छोडेर गल्ती भयो : प्रचण्ड

आलोपालोको सहमति छोडेर गल्ती भयो : प्रचण्ड


काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालोको सहमति छाडेर गल्ती गरेको बताएका छन् । बुधबारबाट सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार सञ्चालनमा ‘आलोपालो’ गर्ने सहमति छाड्दा पार्टी एकता कमजोर भएको निष्कर्ष निकालेका हुन् ।

हामीले पार्टी एकताका बेलामा गरेको सहमतिभन्दा फरक ढङ्गले अघि बढ्दा एकताको जग भत्कियो । हिजो एकताका बेला आलोपालो सहमति भएकै थियो प्रचण्डले भने।

सहमतिबाट पछि हटेर अर्का अध्यक्षले पाँच वर्ष सरकार सञ्चालन गर्ने, मैले आमरूपमा पार्टी सञ्चालन गर्ने सहमति भएको हो । तर, त्यसअनुसार पनि अघि बढ्न सकिएको छैन । एकताको बेलाको सहमतिबाट पछि हटेर गल्ती गरेँकी भन्ने महसुस भएको छ उनले थपे।

यी कुराको समीक्षा गरेर पार्टी एकतालाई बचाउनुको विकल्प नरहेको प्रचण्डको निष्कर्ष थियो । उनले ओलीको चाहना अनुसार आलोपालोको सहमति भत्काएर नयाँ सहमति गर्दा र निर्वाध सत्ता चलाउन दिँदा पनि परिणाम ननिस्कएको गुनासो गरेका थिए ।

ओलीले सहमतिको पालना नगरेर एकताको भावना कुल्चिएको प्रचण्डको निष्कर्ष रहेको स्थायी कमिटी सदस्यको भनाइ छ । प्रचण्डभन्दा अगाडि सम्बोधन गरेका अध्यक्ष केपी ओलीले सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टीका नेताहरू बहकावमा लागेको बताएका थिए ।

स्थायी कमिटीका अर्को बैठक असार १२ गते बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । – बाह्रखरी