मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा ठगी गर्ने गिरोह सक्रिय, सचेत रहन प्रहरीको अनुरोध

अछाममा ठगी गर्ने गिरोह सक्रिय, सचेत रहन प्रहरीको अनुरोध


अछाम – जिल्लामा विभिन्न सामाजिक संजाल मार्फत सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै प्रहरीले सचेत गराएको छ ।

फेसबुक, ट्वीटर, भाईबर, ईमो लगायतका सोसल नेट्वर्क मार्फत विभिन्न प्रकारका प्रलोभन देखाएर सर्वसाधारणलाई झुक्याई आर्थिक ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै नागरिकलाई सचेत रहन अछाम प्रहरीले अनुरोध गरेको हो ।

प्रहरिले विभिन्न किसिमका अफर, चिठ्ठा परेको भन्दै बैंकिङ खाता माग गरि रकम झिक्ने गरेको भन्दै त्यस्ता ब्यक्तीदेखि सचेत हुन आग्रह गरेको हो ।

साथै यस्ता कुनै पनि किसिमका अफर आएमा अपरिचित ब्यक्तिलाई बिश्वास नगर्न र आफ्नो आर्थिक विवरण नदिन पनि प्रहरिले अनुरोध गरेको छ । – सोसाईटी संचार