मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालो अंगुर खाँदाका फाईदाहरु यस्ता छन् थाहा पाउनुहोस्

कालो अंगुर खाँदाका फाईदाहरु यस्ता छन् थाहा पाउनुहोस्


स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ अंगुर । त्यहि माथि कालो अंगुरको त झन् कुरै छोडुम । गर्मि मौसममा कालो अंगुर स्वास्थको लागि धेरै फाइदाजनक हुन्छ ।

थाहा पाउनुहोस् कालो अंगुरका यी फाईदाहरु

१. कालो अंगुरको सेवनले रगतमा कोलेस्ट्रोल को निमार्ण गर्न रोक्छ र मोटोपना बाहेक अन्य स्वास्थ समस्याहरुबाट पनि बचाँउछ ।
२. यसले शरिरमा बढि भएको युरिक एसिडको स्तर कम गर्छ जसले किड्नीमा भार बढ्दैन र किड्नी स्वस्थ हुन्छ ।

३. क्यान्सरबाट बच्नको लागि कालो अंगुर फाइदाजनक छ । खासगरि छालाको क्यान्सरबाट बच्नको लागि यसको सेवन धेरै नै प्रभावकारी हुन्छ ।
४. अल्जाइमरको बिरामीहरुको लागि कालो अंगुर फाइदाजनक हुन्छ । यसमा रहेको रेसवेराट्रोल नामक तत्व अल्जाइमरबाट लड्नको लागि धेरै नै प्रभावकारी हुन्छ ।
५.यसमा पाइने एन्टिअक्सिडेन्टले हार्ट अट्याक र हाई कोलेस्ट्रोल जस्ता समस्याहरुबाट लड्नमा मद्दत गर्छ ।

यस्ता राेगसँग लड्ने क्षमता प्रदान गर्छ कालो अंगुर सेवन गर्नाले

कालो अंगुर एउटा यस्तो फल हो जसलाई केटा केटी देखि बृद्ध समेतले खान मन पराउछन् । यो खादा गुलियो हुन्छ तर यसमा चिनीको मात्र कम हुन्छ । अंगुर सेवन गर्नाले विभिन्न रोगबाट छुट्कारा पाइन्छ । जस्तैः

क्यान्सर – अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

रक्तस्राव – शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।

फोकाफोकी -अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ । माइग्रेन -माइग्रेन भएपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खाएमा माइग्रेनको पीडा हराउँछ ।

रक्ताल्पता – शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुहोस् ।

हृदयघात– हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनुस् ।