मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुईकटहर खानुका यस्ता छन् चमत्कारी फाईदा

भुईकटहर खानुका यस्ता छन् चमत्कारी फाईदा


गर्मी सुरु भएसगै बजारमा देखिने भुईंकटहरले जसको जिब्रो पनि रसाउँछ । यो वास्तवमै निकै उपयोगी फल हो । यो भिटामिन सीले भरपूर हुन्छ र जसले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ । यसलाई सलाद तथा डेजर्टका रुपमा प्रयोग गर्न सकिन्छ । भुईंकटहरमा भिटामिन सीका अतिरिक्त क्याल्सियम, फाइबर पनि पाइन्छ । यसमा निकै कम मात्रामा चिल्लो पदार्थ हुन्छ । यसमा पाइने इन्जाइमले खाना पचाउन सहयोग गर्छ । काँचो भुईंकटहरभन्दा पाकेको बढी पौष्टिक हुन्छ । यसमा अन्य फाइदा के–के हुन् त ?

१. भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले सरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ ।
२. भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा सहयोग गर्दछ ।

३. भुइँकटहरमा क्यालोरी कम मात्रामा हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु राम्रो हुन्छ ।
४. मुटु सम्बन्धि विभिन्न रोगबाट ग्रसित मानिसहरुका लागि भुइँ कटहरको सेवन लाभदायक हुन्छ । उच्च रक्तचाप तथा मुटुरोगको जोखिम कम हुनुका साथै रोगीलाई समेत फाइदा हुन्छ ।

५. भुइँ कटहरमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग उपापचयन हुन्छ । भोक कम गर्ने हुँदा मोटोपना घटाउन समेत भुईकटहरले सहयोग गर्छ ।
६. यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ । भुइँ कटहरले अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ ।

७. भुइँकटरहमा हुने यी लगायत भिटामिन सी जस्ता तत्वहरुले जिउको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग पुराउँछ ।

थप फाईदा : १. तौल कम गर्छ – यसमा प्रशस्त मात्रामा भिटामिन र मिनरल्स पाइन्छ । क्यालोरीको मात्रा पनि कम हुन्छ । यसलाई काटेर खाँदा या जुसको रुपमा पिउँदा सबै खालका पोषक तत्व पाइन्छ र थप क्यालोरी पनि हुँदैंन । यदि तौल कम गर्न चाहनुहुन्छ भने नियमित रुपमा भुईंकटहरको सेवन र हरेक बिहान शारीरिक व्यायाम गर्नुपर्छ । जुसको साटो फल खानाले फाइबर पनि प्राप्त हुन्छ । यसले क्यालोरी कम गर्न र खाना पचाउन मद्धत गर्छ ।

२. हड्डी मजबूत बनाउँछ – यसमा प्रचुर मात्रामा म्याग्नेसियम पाइन्छ । यसले शरीरको हड्डी मजबूत बनाउनुका साथै उर्जा दिन्छ । एक कप भुईकटहरको जुस पिउँदा दिनभर शरीरलाई आवश्यक म्याग्नेसियमको ७३ प्रतिशत मात्रा पूर्ति गर्छ ।

३. सूजन हटाउछ – भुईंकटहरको जुस पिउनाले सूजनमा पनि कमी आउछ । यसमा मिनरल्स, भिटामिन बी, सी, के, फोलेट, कार्बोहाइड्र«ेट, चिल्लो, क्याल्सियम, फोस्फोरस तथा स्वस्थकर इन्जाइम पाइन्छ । यसमा पाइने ब्रोमिलेन शरीर सुन्निने समस्यामा फाइदाजनक हुन्छ ।

४. रोग प्रतिरोधक क्षमता बढाउँछ – यसमा भिटामिन सी तथा बी र सेलेनियम पाइन्छ । यी सबै तत्वले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउँछ । रोग प्रतिरोधक क्षमता बढ्दा शरीर विभिन्न खालका भाइरसबाट लड्न सक्षम हुन्छ । यसका कारण इन्फेक्सनको सम्भावना पनि कम हुन्छ ।

५. आँखाका लागि फाइदाजनक – भुईंकटहरमा भएको विशेष गुणका कारण आँखाको शक्तिका लागि फाइदाजनक हुन्छ । यसमा पाइने भिटामिन ए आँखाको शक्तिका लागि आवश्यक भिटामिनका रुपमा लिइन्छ । भुईंकटहरमा पाइने एन्टीअक्सिडेन्टले क्यान्सरको खतरालाई पनि कम गर्छ ।

६. डिप्रेसन कम गर्छ – यसमा पोटासियम र सोडियम पनि पाइन्छ, जसले हाइपरटेन्सनलाई पनि कम गर्छ । यदि डिप्रेसनको समस्या छ भने भुईंकटहरको जुस नियमित पिउनाले फाइदा मिल्छ । यसमा भएको इन्जाइमले खाना सजिलै पच्न सहयोग गर्छ ।