मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको राशिफल : सिंह उत्तम, कन्या अनुकूल

आजको राशिफल : सिंह उत्तम, कन्या अनुकूल


२०७७ असार १६ गते मंगलबार 

मेष : दिन अत्युत्तम खालको रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । 
वृष :  दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । शरीर चुस्त रहनेछ । कामप्रति निकै जिोश जाँगर बढ्नेछ । मावलीतिरबाट सहयोग मिल्नेछ । 

मिथुन : दिन अनुकुल छ । चिन्ताबाट मुक्ति मिल्नेछ । निर्णय क्षमताको विकास हुनेछ । आत्मबल बढ्नेछ । बौद्धिक काम गरिनेछ । 
कर्कट : दिन प्रतिकूल छ । काम गर्ने अनुकूल वातावरण देखिदैन । हरेक कामप्रति सचेतताको खाँचो रहनेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । 

सिंह : दिन उत्तम छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । यश, कीर्ति मिल्नेछ । 
कन्या : दिन अनुकुल छ । आर्थिक कारोबार हुनेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । शरीर तन्दुरस्त रहनेछ । 

तुला : दिन भाग्यवर्धक छ । उच्चस्तरीय व्यक्तिसँग भेटघाट हुनेछ । विद्यामा प्रगति हुनेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । 
वृश्चिक : दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । आटेको काममा व्यवधान आउनेछ । घमण्ड हानिकारक रहनेछ । 

धनु :  दिन उत्तम छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । कार्यसम्पादनमा गति थपिनेछ  । मनमा सन्तोष मिल्नेछ । विद्यामा प्रगति हुनेछ । 
मकर : दिन अनुकूल छ । आटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार प्राप्त हुनेछ । 

कुम्भ : दिन सार्थक छ । आध्यात्मिक कार्यमा गति बढ्नेछ । मुख्य काम हात लाग्नेछ । दानपुण्यले मन प्रसन्न रहनेछ ।  
मीन : दिन प्रतिकूल छ । टाढाको नराम्रो खबरले मन खिन्न हुनसक्नेछ । काममा सावधानीको आवश्यकता महसुस हुनेछ ।