मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली–प्रचण्डलाई मिल्न दबाब दिन नेकपा केन्द्रीय सदस्य धर्नामा

ओली–प्रचण्डलाई मिल्न दबाब दिन नेकपा केन्द्रीय सदस्य धर्नामा


काठमाडौं : पार्टी नेतृत्वलाई मिल्न दबाब दिन नेकपाका केन्द्रीय सदस्यहरु धर्नामा बसेका छन्।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आपसमा मेलमिलाप कायम गर्न दबाब दिँदै नेकपाका केन्द्रीय सदस्य पार्टी कार्यालय धुम्बाराहीमा धर्नामा बसेका हुन्।

उनीहरुले पार्टीमा व्यक्ति नभएर नीति प्रधान भएको भन्दै समस्याको सामाधान विधानबाट खोज्नुपर्ने बताएका छन्। विधानबाटै सामाधान खोजेर पार्टी एकता बलियो बनाउन आग्रह केन्द्रीय सदस्यहरुको छ।

स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

विवाद बढेपछि स्थायी कमिटी बैठक पनि शनिबारसम्मका लागि स्थगित गरिएको छ।