मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको रामाराेशनमा भीरबाट खसेर एक युवककाे मृ’त्यु

अछामको रामाराेशनमा भीरबाट खसेर एक युवककाे मृ’त्यु


अछाम – जिल्लाको रामाराेशन गाउँपालिकामा भीरबाट खसेर एक युवककाे ज्या’न गएकाे छ । वडा नम्बर ५ का ३६ बर्षीय लाेकेन्द्र राेकायाकाे शुक्रबार पडिपाखा भीरबाट खसेर ज्या’न गएकाे हाे ।

बिहान घाँस काट्न गएकाे बेला उनकाे घाँस काट्दै गर्दा चिप्लो भीरबाट खसेर घट’नास्थलमै ज्या’न गएकाे रामाराेशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयाे ।

गत बर्ष लाेकेन्द्र खसेकाे भन्दा केही तलकाे भीरबाट नै खसेर उनकी श्रीमतीकाे पनि ज्या’न गएकाे थियाे । आमबुवा दुबैकाे भीरबाट खसेर ज्या’न गएपछि उनकाे ५ जना नाबालक छाेराछाेरीकाे बिचल्ली भएको छ ।

१ छाेरा र ४ छाेरी रहेका उनकाे एकमात्र साहार बृद्ध अवस्थामा रहनुभएकी हजुरआमा मात्रै रहनु भएको छ । उनकाे अवस्था पनि निकै कमजाेर रहेकाे उनका अाफन्त डम्बर राेकायाले बताउनु भयाे ।