मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिरे नुनकाे कायापलट गर्ने फइदाहरु यस्ता छन्

बिरे नुनकाे कायापलट गर्ने फइदाहरु यस्ता छन्


मानिसलाई स्वस्थ राख्न नुनको ठूलो भूमिका हुन्छ । यसबाट शरीरलाई सोडियम र क्लोराइड तत्व प्राप्त हुन्छ । सोडियम नसा र मांशपेशी सञ्चालन तथा तन्दुरुस्त राख्न अति आवश्यक पर्छ । तर, उच्च रक्तचाप तथा ‘हाइपर टेन्सन’ बिरामीका लागि नुन बढी सेवन गर्नु हानिकारक हुन्छ । किनकि नुन बढी भएमा मिर्गौला, मुटु र रक्तचापसमन्धी रोग बढ्ने खतरा हुन्छ। ‘काँचो नुन खानु हुँदैन, नुन बढी खानु हुँदैन, नुनले मिर्गौला बिगार्छ ।’ नुनका विषयमा अक्सर यस्तै टिप्पणी सुनिन्छ । त्यसो भए कति खाने त नुन ? नुन प्रयोगबारे विज्ञहरू यो भन्छन्ः

एउटा स्वस्थ व्यक्तिले दैनिक सबै खानामा गरी १० ग्राम अर्थात् दुई चिया चम्चा नुनको प्रयोग गर्न सक्छन् । उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला, कलेजोको सिरोसिस भएका बिरामीहरूले भने दैनिक पाँच ग्राम अर्थात् एक चिया चम्चा मात्र सेवन गर्न सक्छन् । यस्ता बिरामीलाई नुनले झनै रोग बढाउने सम्भावना हुने भएकाले कागती पानी, प्रशोधित अचार, दालमोठ, बिस्कुट या लेजजस्ता खाने कुराहरू खान नहुने त्रिवि शिक्षण अस्पतालकी पोषणविद् नानी शोभा शाक्य बताउँछिन् ।

चिकित्सका अनुसार नुनको प्रयोग बढी भएमा मिर्गौलामा पत्थरी हुने र रक्तचाप बढ्ने समस्या आउँछ । रक्तचाप वृद्धि भएकै कारण मुटुसम्बन्धी विभिन्न रोग लाग्ने चिकित्सक बताउँछन् ।

नेपाली बोलीचालीमा बीरे नुन भनिने कालो नुनलाई घरेलु औषधीको रुपमा प्रयोग गर्ने चलन पूरानै हो । पेट दुख्दा या ग्याष्ट्रिक हुँदा यसको प्रयोग गर्ने गरिएको छ । यसमा आइरन, सल्फ्युरसजस्ता कयौं खनिज पदार्थ पाइन्छ । यसमा सेतो नुनको तुलनामा सोडियमको मात्रा पनि कम हुन्छ । यसैले यसले शरीरमा सोडियमको स्तर बढाउँदैंन ।

जानौं कालो नुनका फाइदाहरु

१. तौल घटाउन उपयोगी – कालो नुनले तौल घटाउन पनि मद्धत गर्छ । शरीरमा पाचन प्रक्रिया ठीक हुन्छ भने खानामा भएको पोषक तत्व शरीरले राम्ररी लिन पाउछ । स्वादिलो हुने भएकाले यो नुन निरन्तर प्रयोग गर्न सकिन्छ । त्यसका लागि एक गिलास पानीमा एउटा कागती निचोरेर हाल्ने र स्वाद अनुसारको नुन मिसाउन सकिन्छ । यसले शरीरमा बोसो जम्मा हुन दिँदैंन । गर्मीका बेला तिर्खा लाग्दा दिनको तीन चारपटक कालो नुन खान सकिन्छ ।

२. मधुमेहमा लाभकारी – कालो नुनमा सोडियम कम हुन्छ । यसले ब्लड सुगरलाई नियन्त्रित गर्छ । यसैले मधुमेहका बिरामीका लागि कालो नुन उपयोगी हुन्छ । मधुमेह सुरुवाती अवस्थामा छ भने त कालो नुनको प्रयोगले ठीक पनि हुन सक्छ । सोडियम कम हुने भएकाले मुटु र मिर्गौला रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

३. भोक बढाउँछ – कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।

४. जोर्नी दुख्दा – मांसपेशी र जोर्नी दुख्दा बीरे नुनले सेक्ने हो भने निको हुन्छ । यसका लागि एउटा कपडामा थोरै नुन बाँध्नुपर्छ । यसलाई तातो बनाएर दुखेको ठाउँमा दिनको दुईपटक सेक्ने हो भने तत्काल राहत मिल्छ ।

५. अपच हुँदा – अपच हुँदा बीरे नुन अर्थात् कालो नुन लाभदायी हुन्छ । यसले मुखको ग्रन्थी सक्रिय बनाइदिन्छ । पेटमा हाइड्रोक्लोरिक एसिड र प्रोटीनलाई पचाउने इन्जाइम बढाउन मद्धत गर्छ । अपच, कब्जियत, एसिडीटीमा एक गिलास पानीमा कागतीको रससंगै यो नुन हालेर पिउनाले राहत मिल्छ ।

जानौं बिरे नुनका थप फाइदाहरु
१. यो सजिलै शरीरमा समायोजन हुनसक्ने भएकोले यसले डिहाइड्रेशनबाट बचाउँछ ।
२. शरीरमा पानीको मात्राको पूर्तिगर्नुका साथै शरीरमा स्फुर्ति ल्याउन भुमिका खेल्छ ।
३. रगतमा चिनीको मात्रा पुरागर्नुका साथै शरीरमा चिनीरोगको बिकास हुन दिदैन ।
४. यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
५. शरीरमा एसीड तथा फासफोरसको मात्रालाई सन्तुलनमा ल्याउँछ ।

६. नियमित रुपमा यो नुन प्रयोग गर्नाले छाला चाउरीन पाउँदैन । साथै छालामा दुख दिने खटिरा तथा डण्डीफोर आउन पाउँदैन ।
७. स्वासप्रश्वास संबन्धी समस्याहुनेहरुका लागि यो बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ ।
८. बढ्दो उमेरका केटाकेटीहरुका लागि यसले हड्डी बलियो बनाउन मद्धत पुर्याउँछ ।
९. टाउकोको कोषिकाहरुलाई पुनर्जिवित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउनुका साथै मीठो निन्द्रा निमत्याउँछ ।
१०. मांसपेशीलाई बलियो बनाउँछ ।

११. रक्तसंचारमा सुधार ल्याउँनुका साथै रगतलाई प्रदुशित हुनबाट जोगाउँछ ।
१२. यसले रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिदैन ।
१३. यसले कलेजो तथा किडनीलाई बलियो बनाउँछ ।
१४. पिनास, घाँटीदुखेको तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निदान हुन्छ ।
१५. शरीरको संपुर्ण शक्ति, मुड तथा सकारात्मक बिचारको बिकासमा यसको देन प्रशंसनिय छ ।