मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाषा अनुवाद देखि आवाज ठूलो बनउने स्मार्ट मास्क

भाषा अनुवाद देखि आवाज ठूलो बनउने स्मार्ट मास्क


काठमाडौं- कोरोना भाइरसको महामारी सुरु भएपछि विश्वभर ‘फेस मास्क’ काे माग बढ्दो छ।यसअघि सामान्य रुपमा प्रयोग हुने गरेको मास्कको प्रयोग अचानक बढेपछि थुप्रै देशहरुले आफ्ना नागरिकलाई मास्क उपलब्ध गराउन सकेनन्।

मास्क उत्पादन गरिरहेका कम्पनीहरुले यो बीचमा आफ्नो व्यापारलाई निकै ठूलो र फराकिलो बनाउन सफल भए। यही बीचमा जापानको एक कम्पनीले स्मार्ट मास्क बनाएको छ।

‘स्टार्टअप डोनट रोबोटिक्स’ कम्पनीले ‘इन्टरनेट कनेक्टेड’ मास्क निर्माण गरेको छ। ‘सी–मास्क’ नाम दिइएको यो मास्कले जापानी भाषालाई अठवटा अन्य भाषामा अनुवाद गर्न सक्छ। यो मास्क अनुहारमा राम्रोसँग फिट भएर बस्छ भने ब्लुटुथको माध्यमबाट स्मार्टफोन वा ट्याबलेटसँग कनेक्ट गर्न सकिन्छ।

कसरी बन्यो स्मार्ट मास्क

निर्माण कम्पनीका अनुसार मास्कबाट फोन गर्न सकिन्छ भने यसको प्रयोगकर्ताले बोलेको आवाजलाई ठूलो बनाएरपठाइदिन्छ। त्यसो गर्दा छेउमा बसेका व्यक्तिले मास्कभित्रबाट आएको आवाज पनि ठूलो सुन्न सक्छन्।

डोनट रोबोटिक्सका इन्जिनियरहरु कुनै नयाँ आविस्कारको सोचमा केही समयदेखि थिए। कोरोना भाइरसको महामारीपछि विश्वभर मास्कको अभाव भयो। बनेका मास्कहरु परम्परागत थिए।

त्यसपछि कुनै नयाँ प्रविधियुक्त मास्क बनाउने सोचमा उनीहरु लागे। डोनट रोबोटिक्सका प्रमुख कार्यकारी टिकुसे ओनोले भने, ‘हामीले यस प्रकारको नयाँ उत्पादनका लागि वर्षौँदेखि मेहनत गरिरहेका थियौँ। कोरोना महामारीकै बीच स्मार्ट मास्क बनाउन सफल भएका छौँ यो महामारीको समयमा उपयुक्तसमेत हुन सक्छ।’

सेप्टेम्बरमा ५ हजार मास्क बेच्ने योजना

डोनट रोबोटिक्सले सेप्टेम्बर महिनामा जापानमा ५ हजार मास्क बेच्ने लक्ष्य राखेको छ। साथै चीन, अमेरिका तथा युरोपमासमेत मास्क बेच्ने योजना कम्पनीले गराएको छ। यो फेस मास्कको मूल्य झण्डै ४० डलर हुन सक्ने अनुमान गरिएको छ। यो मास्कका लागि स्मार्ट फोनमा एप हुनेछ। एपबाटै मास्क अर्डर गर्न सकिने भएकाले व्यापार राम्रो हुन सक्ने कम्पनीको विश्वास छ।

क्राउडफन्डिङबाट रकम संकलन

ओनोले जापानी क्राउडफन्डिङ साइट फन्डिनोको माध्यमबाट डोनट रोबोटिक्सको शेयर बेचेर यो मास्कका लागि २८ मिलियन जापानी यन अर्थात् ३ करोड १३ लाख भन्दा बढी रुपैयाँ जुटाए। उनले आफूहरुले तीन मिनेटभित्र ७ मिलियन यन संकलनको सुरुवाती लक्ष्य राखेको र ३७ मिनेटपछि कोष संकलनको काम बन्द गरिएको बताए।

Japanese startup creates internet-connected face mask for ...