मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको मन्त्रीहरुलाई प्रश्न : तपाई कता लाग्ने प्रष्ट हुनुहोला

प्रधानमन्त्रीको मन्त्रीहरुलाई प्रश्न : तपाई कता लाग्ने प्रष्ट हुनुहोला


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई बालुवाटारबाट निराश बनाएर फर्काएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएका प्रधानमन्त्रीले लगत्तै मन्त्रीहरूसँग राजनीतिक छलफल गरेका थिए ।

छलफलमा सहभागी एकमन्त्रीका अनुसार प्रधानमन्त्रीले बैठकमा पार्टी एकतालाई झन् सङ्कटतिर डोर्‍याउने कुरा गरेका थिए । “पार्टी एकता चरम सङ्कटमा छ । स्थायी कमिटीमा हुल्लडबाजहरूले अनर्गल प्रचार गरिरहेका छन् ।

मलाई तल्लो स्तरमा झरेर गालीगलौज गर्ने, अत्यन्तै अपमानित गर्ने काम भइरहेको छ । तपाईंहरू पार्टीको सदस्य पनि हो,” प्रधानमन्त्रीले मन्त्रीसँग भनेको कुरा एक सदस्यले उद्धृत गरे, “त्यो हुल्लडबाजहरूको समूहले गरेको कुनै पनि निर्णय म मान्दिनँ । मान्नुपर्ने बाध्यता पनि छैन ।”

उनले मन्त्रीहरूलाई तपाईंहरू कता लाग्ने भन्दै प्रश्न सोधेका थिए । “तपाईंहरू मन्त्रिपरिषद् सदस्य मात्रै होइन । पार्टी कमिटी सदस्य पनि हो । कता लाग्ने प्रष्ट हुनुहोला ।”