मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैकल्पिक तथा टोल शिक्षाका बिषयमा मगला नेरा माबि वलिगाउमा अन्तरक्रिया

बैकल्पिक तथा टोल शिक्षाका बिषयमा मगला नेरा माबि वलिगाउमा अन्तरक्रिया


कमल रावल, अछाम।

बैकल्पिक तथा टोल शिक्षा सँन्चालनका लागि बृहत अन्तरक्रिया कार्यक्रम मँगला नेरा माबि वलिगाउमा सम्पन्न भएको छ । बिदयालय ब्याबस्थापन समिति अध्यक्ष भैरब बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका सहभागिले भौतिक दुरि कायम गर्दै टोल टोलमा कक्षा सन्चालनमा गर्नु पर्नेमा सहभागि सबैले जोड दिएका थिए ।

प्रत्येक टोलमा आधारभुत विदयालय भएकाले आवश्यक सँयमता अपनाएर कक्षा १ देखि ५ कक्षा सम्म कक्षा सन्चालन गर्न जनप्रतिनिधि तथा अभिभावकले शिक्षकलाई आग्रह गरेका थिए । गाउ गाउमा अहिले शहरबाट उच्च शिक्षा हासिल गरेका ब्यक्ति आएकाले उनिहरुलाई स्वयमसेवकका रुपमा समेत समाबेश गराई कक्षा सन्चालन गर्न सुझाव दिएका थीए ।

छलफलमा सहभागि प्रश्नको उत्तर दिदै कार्यक्रमका प्रमुख अतिथि मँगलसेन नगरपालिका नगरप्रमुख पदम बहादुर बोहराले कोरोनाभाईरससग सघर्ष गर्दै जिवन शैलि बदल्दै जानुपर्ने बताउनु भयो । शिक्षा क्षेत्रमा असर परिरहेकाले सबैले सजग सहित सचेत बन्दै बिदयालय सन्चालन गर्नमा जोड दिए।

भारतबाट आउने नागरिकको सख्या घटदै गएकाले क्वारेन्टाईन बनाएका बिदयालय भवनलाई अब सरसफाई गरेर कक्षा सन्चालनका लागि तयार पारिने बताए । टोल शिक्षाले शिक्षक, अभिभावक र बिदार्थिको सम्बन्ध कसिलो हुदै जाने भएकाले टोल शिक्षामा शिक्षक सक्रिय हुनुपर्ने बताए ।

रेडियोमा सन्चालन हुने दुरशिक्षा कार्यक्रमका लागि समेत आवश्यक तयारी अघि बढिसकेकाले यसलाई प्रभावकारी बनाउन सबै बिदार्थिले सनुै पर्ने बताए। बैकल्पिक तथा टोल शिक्षा बारेमा प्रष्ट पार्दै नेपाल राष्ट्रिय शिक्षक सँगठनका सुदुरपश्चिम प्रदेश अध्यक्ष नर बहादुर रावलले शिक्षाको असरलाई अब टोल शिक्षा मार्फत माथि उकास्नु पर्ने बताए।

चुनौतीको यो घडिमा हरेक शिक्षकले अवसरको रुपमा परिणत गर्न समेत आग्रह गरे। साथै उनले शिक्षक बिदार्थिको स्वास्थ्यको ग्यारेन्टि हुनुपर्नेमा जोड दिए। सबै भन्दा बढि अभिभावक जिम्मेवार बने टोल शिक्षा प्रभाबकारि हुने बताए । यसैबिच बिदयालयमा बन्ने ४ कोठे भवनको शिलन्यास गरिएको छ ।

अछाम क्षेत्र नम्बर २ का सासद यज्ञ बहादुर बोगटिको सासद बिकास कोषको ५० लाख लागतमा बन्ने भवनको नगरप्रमुख पदम बहादुर बोहराले शिलान्यास गरे। भवनको शिलान्यास गर्दै निर्माणको जिम्मा लिएका ठेकेदारलाई समयमै काम सम्पन्न गराउन आग्रह गरेका थिए।