काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा करिब ३० लाख ब्यक्ति संक्रमित भएका छन्।
जोनहपकिन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मंगलबार बिहानसम्ममा २९ लाख ३४ हजार ४ सयभन्दा बढि संक्रमित भएका छन्। वर्डओमिटरका अनुसार संक्रमितको संख्या ३० लाख ४० हजार नाघेको छ।
जुलाइ महिना सुरुपछिको पछिल्लो ६ दिनमा मात्रै अमेरिकामा २ लाख ६१ हजार १ सय १७ जना संक्रमित थपिएका छन्। दिनहुँ ४५ देखि ५० हजार बढि संक्रमित थपिँदै आएका छन्।
सोमबार मात्रै ४९ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। अमेरिकामा एकै दिनमा ५८ हजार ९ सय ११ जनासम्म थपिएको रेकर्ड छ । जुलाई ३ मा यति ठूलो संख्यामा संक्रमित थपिएका हुन्।
जोनहपकिन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार २ सय ७१ पुगेको छ। ९ लाख २४ हजार १ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन्।




















प्रतिक्रिया