मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिनदिनै ओखर खानुका फाइदा, छुटकारा पाउनुहाेस् यस्ता थुप्रै समस्या बाट !

दिनदिनै ओखर खानुका फाइदा, छुटकारा पाउनुहाेस् यस्ता थुप्रै समस्या बाट !


ओखर हामीले देखी, खाइ आएको फल हो । प्राय हामीले तिहारको समयमा प्रयोग गर्ने यो फल अन्य समयमा हामीले खासै वास्ता गर्दैनौ तर, अब ओखरलाई पनि हाम्रा अन्य फल जस्तै खाइरहने फल बनाउनु फाइदा जनक देखिएको छ ।

केही समय अघि गरिएको अध्ययनमा ओखरले दिने स्वास्थ्यका फाइदाका कारण पनि ओखरलाई दैनिक जीवनमा समावेश गर्नु फाइदाकर हुने भएको छ ।

ओखरले के-के फाइदा गर्छ त ?

स्तन क्यान्सरको खतरा कम – ओखरको नियमित प्रयोगले स्तन क्यान्सरको खतरा कम हुन्छ । मार्सल विश्वविद्यालयले गरेको अध्ययन अनुसार ६० ग्राम ओखर दिनहुँ खाने गरे स्तन क्यान्सरको सम्भावना कम हुन्छ ।

चाउरीपनाबाट छुटकारा – ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा त्वचा सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ

मधुमेहबाट सुरक्षा – मधुमेहका बिरामीहरुका लागि ओखरले एक औषधिको रुपमा कााम गर्छ । त्यसैले मधुमेहका बिरामीहरुका लागि फाइदाजनक हुन्छ ।

मुटुलाई पनि फाइदा – ओखरको प्रयोगले मुटूलाई समेत फाइदा गर्छ । एक दिनमा ४ –५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

तनाव कम गर्न मद्धत गर्छ – ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । तनावसँग लड्ने क्षमतामा बृद्धि गर्छ । यसमा भएको तेलले ब्लड प्रेसर र त्यसको प्रभावलाई कम गर्न मद्धत गर्छ र तनाव कम हुन्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

कब्जियत समस्याबाट मुक्ति – ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनक्रियालाई मजबुत बनाउँछ । यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृर्गौलामा पत्थरी हुनबाट जोगाउँछ ।

हड्डी बलियो बनाउछ – ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्दछ । इन्फ्लामेटरी रोगहरूबाट पनि बचाउन सहयोग गर्छ । क्यान्सर तथा अल्जाइमर्सबाट पनि जोगाउन मद्धत गर्छ । ओखरमा पाइने मोनो र पालीअनस्याचुरेट फ्याटले शरिरको इन्सुलिन सेन्सेटिभीटीलाई राम्रो फाइदा पुर्याउँछ ।

हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा के पत्ता लागेको छ भने जुन महिलाहरूले हप्तामा पाँच पटक ३० ग्राम ओखर खाने गर्छन् उनीहरुलाई टाइप २ मधुमेह हुने खतरा ३० प्रतिशत कम हुन्छ ।