मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अझै तीन दिन पानी पर्ने

अझै तीन दिन पानी पर्ने


आज पनि काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा विहानैदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज सातै प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र प्रदेश ५, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि मौसममा बदली आएको छ र वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय मनसुनी रेखा तराईका भूभागमा भित्रिँदो क्रममा रहेकाले अझै कम्तिमा तीन दिन पानी पर्नेछ।

पानी पर्ने क्रम रहेकाले बाढी, पहिलो तथा डुबानको सम्भावना भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ। यसअघि बुधबार नै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर आइतबारसम्म देशभर वर्षा हुन सक्ने भएकाले बाढी पहिरोबाट सतर्क रहन आग्रह गरेको छ।