मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काेराेनाबाट भारतमा एकै दिन ५०० काे मृ’त्यु

काेराेनाबाट भारतमा एकै दिन ५०० काे मृ’त्यु


नयाँदिल्ली– भारतमा बितेको २४ घण्टामा कोरोना भाइरसबाट २८ हजार ७०१ जना संक्रमित थपिएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म एकै दिन संक्रमित हुने यो सबैभन्दा बढी हो।

योसहित भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या आठ लाख ७८ हजार पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणबाट ५०० जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २७ हजार १७४ पुगेको छ।

कोरोना भाइरसबाट अति प्रभावित मुलुकको सूचीमा अमेरिका र ब्राजिलपछि भारत तेस्राे स्थानमा छ।