मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फ्रिजमा राखेको पानी पिउनेलाई यस्तो खतरनाक समस्याको शिकार

फ्रिजमा राखेको पानी पिउनेलाई यस्तो खतरनाक समस्याको शिकार


गर्मीको समयमा मानिसहरू प्राय फ्रिजको चिसो पानी पिउन मन पराउँछन् । तर, फ्रिजको पानी सीधै पिउँदा शरीरलाई हानि पुर्‍याउन सक्छ । विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मुटुलाई पनि असर गर्दछ र मुटुको धड्कन पनि कम गराउन सक्छ । फ्रिजको पानी सीधै पिउँदा यस्तो हुनसक्छ ।

वजन बढाउँछ – खाना खानेबित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ । जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ ।

घाँटीको संक्रमण – धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ । यसरी धेरै चिसो पानी पिउनेलाई प्राय: टन्सिलको समस्या देखिने गरेको छ ।

शरीरको तापक्रममा असर गर्छ – शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ । यसलाई नियमित बनाउन शरीरलाई केही शक्ति आवश्यक पर्छ । तर, धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्त्व तयार हुन सक्दैन । जसले गर्दा सन्तुलित तापक्रम हुनलाई समस्या पर्छ ।

मुटुको गति कम पार्छ – जमेको पानी या धेरै चिसो पानी पिउँदा मुटुको गति कम हुनसक्छ । एक अध्ययनका अनुसार भेगिनाको तागतलाई उत्तेजित गरिदिन्छ । भेगिनाको तागतले शरीरलाई सन्तुलित गर्न मध्यस्थता गर्छ । पानीले यसलाई उत्तेजित बनाइदिँदा मानिसको मुटुको चाल कम बनाउन सक्छ ।

पाचन प्रक्रियामा असर – बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि, यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले नपच्दा आवश्यक पोषक तत्त्व पनि मिल्दैन ।

यस्ता छन् धेरै चिसो पानी पिउनुका हानी – १) फ्रिजमा राखेको चिसो पानी पिउनाले मुटुमा प्रत्यक्ष असर गर्छ । यसले स्नायुतन्तुलाई उत्तेजित गराइदिन्छ र मुटुको गति कम हुने गर्छ । यसबाट मुुटुको भल्भ खराब हुने समस्या समेत देखिन सक्छ ।

२) धेरै चिसो पानीका कारण रक्तनलीहरु खुम्चिन्छन् जसले शरीरको पाचन प्रक्रियामा असर पार्छ । खाना राम्रोसँग नपच्दा आवश्यक मात्रामा शरीरलाई पोषक तत्व प्राप्त हुन सक्दैन ।

३) धेरै चिसो पानी पिउँदा शरीरमा अनावश्यक रुपमा उर्जा खर्च हुन्छ ।

४) धेरै चिसो पानी पिउनाले घाँटीमा असर गर्छ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पर्नुका साथै संक्रमणको खतरा हुन्छ ।

अन्य बेफाईदा – गर्मी मौसममा चिसो पानी कसलाई पो पिउन मन नलाग्ला र ? अझ फ्रिजमा राखेको चिसो चिसो पानी पिउनुको त मज्जा नै छुट्टै हुन्छ । त्यसैले त धेरै जसो मानिस गर्मीमा फ्रिजकै पानी पिउन रुचाउँछन् । तर के तपाईलाई थाहा छ फ्रिजको पानी सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि कत्तिको हानिकारक छ ?

१. कृतिम तरीकाले चिसो बनाइएको फ्रिजको पानी सामान्य तापक्रम भन्दा निकै चिसो हुन्छ, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक छ ।

२. फ्रिजमा चिस्याइएको पानी पिउनाले पेटको ठूलो आन्द्रामा नोक्सान पुग्दा ठूलो आन्द्रा सुक्न थाल्छ जसले गर्दा आद्राले सही तरीकाले काम गर्न सक्दैन । परिणामस्वरुप, विहानको समयमा पेट खल्लास नभई पेटको समस्या उत्पन्न हुन्छ ।

३. धेरै चिसो पानीको सेवनले लामो समयसम्म कब्जियतको समस्या हुनेगर्छ ।

४. धेरै चिसो पानीको सेवनले हाम्रो शरीरको कोषिकाहरु सुक्न थाल्छ र जसले गर्दा उक्त कोषिकाहरुले सही तरीकाले काम गर्न सक्दैन । यसको असर तपाईको मेटाबोलिज्म तथा स्वास्थ्यमा समेत सिधै असर पर्ने गर्छ ।

५. फ्रिजको पानी पिउनाले घाटी खराब हुने सम्भावना अधिक हुन्छ । यदि तपाईले दिनहुँ फ्रिजको चिसो पानी सेवन गर्नुहुन्छ भने होशियार हुनुहोस् । यसका कारण घाँटी, टन्सिल, फोक्सो तथा पाचन प्रणालीमा विभिन्न समस्या उत्पन्न हुनसक्छ ।

शरीरमा पानीको कमी भएको कसरी थाहा पाउने ?

पानी सबैलाई चाहिने एक तत्व हो । कतिपयले पानीलाई साधारण सोचिरहेका हुन्छन्। हामीले पानी जतिबेला चाहियो, जसरी चाहियो, जति मात्रामा चाहियो पिउन सक्छौँ भन्ने धारणा बनाएका हुन्छौँ तर यो गलत हो। पानीले हाम्रो शरीरमा रहेका सबै अङ्गलाई ठीक गर्नेदेखि लिएर शरीरमा बन्ने विषालु तत्वहरुलाई बाहिर निकाल्नका लागि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।

पेटदेखि छालासम्म होस् वा तौल बढाउनेदेखि तौल घटाउनेसम्म महत्वपूर्ण भूमिका खेल्ने गर्दछ पानीले। त्यसैले पानीको सही मात्रा, यसलाई पिउने सही समय र पानीलाई कुन तरिकाले पिउँदा कस्तो कस्ता फाइदा र बेफाइदा हुन्छन् भन्ने बारे जान्न अत्यन्तै जरुरी हुन्छ। सही तरीकाले पानी नपिउने कुनै पनि मानिसले चाहे जतिसुकै स्वस्थकर खाना खाए पनि त्यसको फाइदा शरीरलाई हुँदैन। जसका कारण भविष्यमा मानिसले स्वास्थ्य सम्बन्धी अपच, कब्जियत, ग्याष्ट्रिक, कलेजो सम्बन्धी समस्या, आलश्य, किड्नीको पत्थरी, प्रतिरोधात्मक क्षमतामा कमी, समय–समयमा बिरामी हुनु, दाद, छालाको एलर्जी, मुखमा दाग धब्बा, शरीर बारबार चिलाउनु, टाउको दुख्नु जस्ता समस्या भोग्नु परिरहेको हुन्छ।

हाम्रो शरीरमा ७२ प्रतिशत पानी हुने गर्छ। त्यसकारण हामीले पिउने पानीले हाम्रो शरीरमा रहेका किड्नी, कलेजो, फोक्सो, पाचन प्रकृया र शरीरका सबै अंगको सही तरीकाले काम गर्ने अर्थात हाम्रो शरीरमा रशेका कोषीको जीवित राख्न मदत गर्दछ।

एक दिनमा कति पानी ?

हरेक दिन नियमित पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदा जनक मानिन्छ। पानीले शरीरका सबै अङ्गलाई राम्रोसँग काम गर्न मदत गर्दछ। मानिस खाना बिना केही दिनसम्म बाँच्न सकेता पनि पानी बिना सक्दैन। किनकी मानिसले गर्ने गतिविधीद्वारा हरेक दिन २ लिटर पानी जाने गर्दछ। त्यसैले मानिसले एक दिनमा कति पानी पिउने भन्ने बारे जान्न अत्यन्तै जरुरी छ। तर मानिसले कति पानी पिउने भन्ने बारे मानिस बसिरहेको ठाउँ वा प्रकृति हेरेर निर्धारण गर्नुपर्छ । सामान्य सबै मानिसले एक दिनमा कम्तिमा पनि तीन लिटर पानी पिउनु पर्दछ। तर गर्मी मौसम धेरै पसिना निस्किने, व्यायामहरु धेरै गर्ने मानिसले भने पानीको मात्रा सामान्य मानिसहरुको भन्दा बढाउन जरुरी हुन्छ। किनकी यस्ता व्यक्तिको शरिरमा पानीको खपत धेरै हुने गर्दछ।

शरीरमा पानीको कमी भएको कसरी पत्ता लगाउने ? – यदि तपाइको शरीरमा पानीको मात्रा कम भएको छ भने धेरै जसोको पिसाबको रंग पहेलो हुने गर्दछ। त्यसका साथै पाचन शक्ति कमजोर हुने गर्दछ भने छालामा सुख्खापना देखा पर्दछ। यस्तो कुरा थाहा पाएर पानी समयमै नपिउने हो भने पछि यो गम्भीर रोगको कारण पनि बन्न सक्दछ।

एक पटकमा कति गिलास पानी पिउने ? – धेरै मानिसहरुलाई यो लाग्न सक्छ, पानी जति बेला जसरी चाह्यो त्यति बेला पिउन सकिन्छ। तर त्यस्तो सोच्नु गलत हो। पानी पिउदा जहिले पनि बसेर बिस्तारै बिस्तारै पिउनु पर्दछ। पानीलाई मुखमा राखेर ३ देखि ४ सेकेण्ड यता उता घुमाएर पिउनु पर्दछ। उभिएर छिटो छिटो पानी पिउनाले किड्नीले पानी सही तरीकाले फिल्टर गर्न सक्दैन। एक पटकमा दुई गिलाससम्म पानी पिउनु उपयुक्त मानिन्छ।

पानी कति बेला नपिउने ? – खाना खाने समयमा कहिल्यै पनि पानी पिउनु हुदैन। यसरी पानी पिउँदा हामीले खाएको खानालाई चाहिने भन्दा धेरै पातलो बनाईदिन्छ। जसका कारण पाचन रस कम मात्रामा निस्किने गर्दछ। त्यसैले पानी सधैँ खाना खाएको ४५ मिनेट देखि १ घण्टा पछाडि मात्र पिउनु पर्दछ। बिहानको खाली पेटमा १ गिलास पानी पिउनुपर्दछ।

पिउने पानी कस्तो हुनु पर्छ ? – धेरै चिसो पानी कहिल्यै पिउनु हुँदैन। जसले पाचन प्रकृयामा समस्या निम्त्याउन सक्ने सम्भावना धेरै हुन्छ। त्यसैले जहिले पनि सामान्य वा मनतातो पानी पिउनु पर्दछ।