मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काचो प्याजले यी रोगहरुबाट बचाउछ ! पढेपछि सेयर गर्नुहाेला

काचो प्याजले यी रोगहरुबाट बचाउछ ! पढेपछि सेयर गर्नुहाेला


खानाका परिकारमा अथवा सलादका रुपमा खाइने प्याज स्वास्थ्यका लागि पनि निकै लाभदायक छ । कतिपय मानिसहरु त प्याजलाई चटनी अथवा चाटका रुपमा पनि खाने गदर्छन् । तर काचो प्याज खानु पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरुले भरिपूर्ण काचो प्याजको सेवनले गम्भीर बिरामीहरुलाई जरैदेखि हटाउने क्षमता राख्दछ ।

यस्ता छन्, काँचो प्याज खादाका फाइदाहरु

– प्याजमा एमिनो एसिड पाइन्छ । यसले सबै खराब कोलेस्ट्रोल कम गर्र्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

– प्याज सेवन गर्ने हो भने हाई ब्लडप्रेसर नियन्त्रण गर्छ । यसले हाई ब्लडप्रेसरलाई सामान्य अवस्थामा झार्न सक्छ ।

– प्याज खाँदा शरीरमा इन्सुलिन पैदा हुन्छ । यसले गर्दा डाइबेटिजका रोगीलाई काँचो प्याज खाँदा लाभदायी हुन सक्छ ।

– काँचो प्याजमा फाइबर धेरै पाइन्छ, जसले पेटमा टाँसिएको चिजलाई बाहिर निकाल्न मद्दत गर्छ ।

– काँचो प्याज खानाले पेट सफा गर्न पनि मद्दत गर्छ । यसले कब्जियतको समस्या देखिने बिरामीलाई पनि फाइदा हुन्छ । काँचो प्याज खानाले नाकबाट वेला–वेलामा बग्ने रगत पनि रोक्न सक्छ । नाकबाट रगत बग्न थाल्यो भने काँचो प्याज सुँघ्नुपर्छ ।

यस्ता रोगहरुबाट प्याजले छुटकार दिलाउछ

१.पत्थरी – बिहानै खाली पेटमा दुई चम्चा प्याजको रस पिउनुहोस् । नियमित रूपमा यसको सेवनले पत्थरीको समस्या सधैंका लागि सकिन्छ ।

२.रक्ताल्पता – दिनदिनै एउटा काँचो प्याज खाँदा शरीरमा रगतको कमी हुन पाउँदैन । यसबाहेक प्याजमा भएका पोषक तत्त्वले रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्छन् ।

३.घाँटी खसखसाउने – रुघा, कफ र घाँटी खसखसाउने समस्यालाई हटाउनका लागि प्याजको रसमा सक्खर र मह मिसाएर पिउनुहोस् ।

४.रक्तचाप – प्याजमा पाइने मिथाइल सल्फाइड र अमिनो एसिडका कारण रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्छ । दिनको एउटा काँचो प्याज खाएर उच्च रक्तचापबाट छुटकारा पाउनुहोस् ।

५.कब्जियत – प्याजमा भएका रेशाहरू पेटको रोगका लागि लाभदायक हुन्छन् । दिनदिनै एउटा काँचो प्याज खाँदा कब्जियत, ग्यास र एसिडिटीको समस्या समाप्त हुन्छ अनि पाचनतन्त्रले सुचारु रूपमा काम गर्छ ।

६.मधुमेह – काँचो प्याज खाँदा शरीरमा इन्सुलिन बन्छ । दिनदिनै एउटा काँचो प्याज वा त्यसको रसको सेवनले मधुमेह निको पार्छ ।

७. एनीमिया – हरेक दिन एक काचो प्याज खानाले शरीरमा रगतको मात्रा कम हुन दिदैँन । यसका साथै प्याजमा पाइने तत्वले रोग प्रतिरोधात्मक क्षमता पनि बढाँउने गर्छ ।

गर्मीमा काँचो प्याज खानुका फाइदा

१. क्यान्सरसँग लड्छः युनिभर्सिटी अफ गुएल्फका अनुसार रातो प्याजले स्तन र पेटको क्यान्सरलाई नष्ट गर्न सहयोग गर्छ । यसमा क्वेरसेटिन र एन्थोसायनिन तत्व अत्यधिक पाइने हुनाले क्यान्सरको जीवाणुलाई नष्ट गर्छ ।

२. मुटु स्वस्थ राख्छः रातो प्याजमा पाइने फ्लेभोनोइडले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसमा ओर्ग्यानोसल्फर पनि अत्यधिक पाइने भएकाले मुटु रोगबाट लड्न सहयोग गर्छ । अर्जेन्टिनामा भएको एक शोधका अनसार प्याजमा पाइने ओर्ग्यानोसल्फरले हृदय रोगको समस्यालाई टाढै राख्छ । प्याजमा हुने थियोसल्फिनेट तत्वले रगतलाई प्राकृतिक रुपमा पातलो बनाएर हृदयघातबाट जोगाउँछ । प्याजले कोलेस्ट्रोलको स्तरलाई पनि नियन्त्रणमा राख्छ । जसका कारण मुटु स्वस्थ हुन्छ । क्याम्ब्रिज युनिभर्सिटी प्रेसको एक रिपोर्ट अनुसार प्याजमा पाइने फ्ल्याभोनोइड्सले मोटो व्यक्तिहरुको ‘ब्याड कोलेस्ट्रोल’ हटाउन सहयोग गर्छ ।

३. रगतमा चीनिको मात्रा घटाउँछः प्याजमा पाइने सल्फर (एस–मिथाइलसिस्टेन) र क्वेरसेटिनले रगतमा चीनिको मात्रा कम गर्न सहयोग गर्छ । यद्यपी, प्याजलाई नियमित रुपमा मधुमेहको औषधीसँगै खाँदा मात्र यसले प्रभावकारी ढङ्गले काम गर्छ ।

४. पाचन क्रियालाई मजबुत बनाउँछः प्याजमा पाइने इनुलिन नामको फाइबरले पाचन क्रियालाई बलियो बनाउने काम गर्छ । इनुनिलले आन्द्राका लागि आवश्यक ब्याक्टेरिया पैदा गर्दछ । यो फाइबर खाँदा यसले शरिरमा स्वस्थ ब्याक्टेरियाको स्तरलाई कायम राख्न सहयोग गर्छ । प्याजमा पाइने अर्को प्रकारको फाइबर – ओलिगोफ्रुक्टोसले विभिन्न प्रकारको झाडालाई निको पार्ने क्षमता राख्छ । यस्तै फाइटोकेमिकल तत्वले ग्यास्ट्रिक अल्सरको जोखिमलाई नियन्त्रणमा राख्छ । प्याजमा पाइने प्राकृतिक प्रिबायोटिक्सले कब्जियतमा पनि राहत दिलाउँछ । प्याजले पेट दुख्ने समस्या, पेटको किरालाई नष्ट गर्ने गर्दछ ।

५. रोग प्रतिरोधी क्षमतामा वृद्धिः प्याजमा सेलेनियम हुन्छ जसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । यसमा पाइने मिनरलले पनि रोगबाट लड्ने क्षमता प्रदान गर्छ । प्याजलाई रसियामा रुघा खोकी लाग्दा औषधीको रुपमा प्रयोग गरिन्छ ।

६. निन्द्रामा सुधारः प्याजमा प्रोबायोटिक हुन्छ जसले निन्द्रामा सुधार र तनाव कम गर्ने अनुसन्धानले बताएको छ ।

७. स्वस्थ यौन स्वास्थ्यः पश्चिमी युगान्डामा प्याजलाई बाँझोपन र इरेक्टाइल डिस्फक्सनमा उपचारका लागि प्रयोग गरिन्छ । प्याजले विशेषगरी पुरुषलाई फाइदा गर्ने बताइएको छ । प्याजको रसमा मह मिसाएर पिउँदा पुरुषको प्रजनन क्षमतामा वृद्धि गर्दछ ।

प्याजको बोक्राको औषधिय गुण यस्तो छ : प्याजको बोक्रा प्राय हामीले फल्ने गर्छौ। तर, प्याजको बोक्रा फाल्नु हुँदैन । यसमा धेरै औषधिय गुण पाइन्छ । त्यसैले प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन् । तर प्याज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ । सिधै प्याजको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले प्याजको बोक्रा खान सकिन्छ । पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर प्याजको बोक्रा सजिलै खान सकिन्छ । यसका फाइदाहरु यस प्रकार छन्ः

हेयर कन्डिसनरको रुपमा प्रयोगः नुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम बनाउँछ ।

कोलेस्ट्रोल कम गर्न सहयोगीः प्याजको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई कम गर्न सहयोग गर्दछ । यसका लागि रातभरी प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानी पिउनुहोस् । यदि तपाईंलाई प्याजको स्वाद आउने पानी मन परेको छैन भने त्यसमा चीनि वा मह मिसाएर खानुहोस् ।

पेटको संक्रमणबाट बचाउः प्याजको बोक्रामा एन्टी ब्याक्टेरियल र एन्टी फंगल गुण हुन्छ जसले पेटमा हुने संक्रमणमा आराम दिलाउँछ । यसका लागि पनि प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक त्यो पानीको सेवन गर्नुहोस् । यदि तपाईंको डाक्टरले संक्रमणबाट बच्ने औषधी दिएका छन् भने पनि ती औषधीसँग प्याजको बोक्राको पानी पनि सेवन गर्नुहोस् । यसले चाँडै नै आराम मिल्छ ।

क्यान्सरबाट बचाउः प्याजको बोक्रामा एन्टी अक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ र यसमा एन्टी इन्फ्लामेटरी गुण पनि हुन्छ । यसका साथै प्याजमा पाइने ‘क्वेरसेटिन’ नामक एन्जाइमले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ । तपाईं प्याजको बोक्राको चिया पनि बनाउन सक्नुहुन्छ र दैनिक सुत्नुभन्दा अघि उक्त चियाको सेवन गर्नुहोस् ।

एन्टी इन्फ्लामेटरी गुणः यदि तपाईंको छालामा कुनै प्रकारको एलर्जी भयो भने तपाईं प्याजको बोक्रा र पानीको प्रयोगले राहत पाउन सक्नुहुन्छ । यसका लागि प्याजको बोक्रालाई रातभरी एक कचौरा पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यो पानीले आफ्नो छाला सफा गर्नुहोस् ।

किरा, लामखुट्टेबाट राहतः यदि तपाईंको घरमा अत्यधिक किरा फट्याङ्ग्रा वा लामखुट्टेको प्रकोप धेरै नै छ भने यसबाट छुटकारा पाउनका लागि तपाईं प्याजको बोक्रा प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि पनि प्याजको बोक्रालाई रातभरी पानीमा भिजाउनुहोस् र त्यो पानीलाई झ्याल, ढोका नजिकै राख्नुहोस् । त्यसको गन्धले लामखुट्टे र किरा फट्याङ्ग्रा घरमा आउँदैनन् ।

प्याज खाँदा मात्र नभई शरीरमा दल्दा पनि फाइदा हुन्छ : राती सुत्नुअघि मोजामा प्याज राखेर सुत्दा विभिन्न फाइदा हुने विभिन्न वैज्ञानिक आधार छन् । राती सुत्नुअघि मोजाभित्र प्याज राख्दा यसको पोषक तत्व तपाईंको छालाले सोस्ने गर्दछ जसका कारण स्वास्थ्यलाई विभिन्न फाइदा पुग्ने गर्दछ । वास्तवमा तपाईंको पैतालामा यस्ता विभिन्न कोसिका हुन्छन् जुन शरिरको विभिन्न कोसिकासँग सम्बन्धित हुन्छ । यो चीनियाँ चिकित्सामा शिरबिन्दुको रुपमा मानिन्छ अर्थात् शरिरको एउटा यस्तो हिस्सा जो शरिर भित्रको प्रत्येक अंगको बाटो हो ।

के हो वैज्ञानिक आधार : पैतालामा विभिन्न प्रकारको नशाको अन्त्य हुन्छ (लगभग ७ हजार) जुन शरिरको विभिन्न अंगसँग जोडिएको हुन्छ । यसले शरिरभित्र एक शक्तिशाली बिजुलीको सर्किटजस्तो काम गर्दछ तर जुत्ता चप्पल लगाएका कारण यो निष्क्रिय हुन्छ । त्यसै कारण हामीले केही घण्टाका लागि नाङ्गो खुट्टा हिँड्नुपर्ने सल्लाह दिइन्छ । प्याज (र लसुन) हावा शुद्ध गराउनका लागि परिचित छ र छालामा यसलाई लगाउँदा किटाणु र जीवाणुलाई नष्ट गर्न सहयोग गर्दछ । यसका साथै प्याजमा पाइने फस्फोरिक नामक एसिड रगतमा प्रवेश गरेर शुद्ध बनाउन मद्दत गर्दछ । तर ध्यान राख्नुहोस्, एकपटक प्रयोग गरिसकेको प्याजलाई पुनः प्रयोग नगर्नुहोस् ।

प्याजलाई प्रयोग गर्ने तरिका :
१. अर्गानिक प्याज (सेता वा रातो प्याज) लाई स्लाइस पार्नुहोस् । अर्गानिक प्याजमा किटनाशक र अन्य केमिकलको प्रयोग नहुनेभएकाले यो रातीको समयमा सजिलै तपाईंको रगतमा प्रवेश गर्दछ ।
२. प्याजको प्राकृतिक चिकित्सा शक्तिले तपाईंको छालाको माध्यमबाट काम गरेर रगतलाई शुद्ध गर्दछ, ब्याक्टेरिया र किटाणुलाई मार्ने र विषाक्त पदार्थलाई अवशोषित गर्न मद्दत गर्दछ । यसलाई कोठाको हावा शुद्ध गर्न पनि प्रयोग गर्न सकिन्छ ।

ब्याक्टेरिया र किटाणु टाढा रहन्छ – प्याजमा एन्टी ब्याक्टेरियल र एन्टी वायरल गुण हुन्छ । दिनभरी हिँड्दा र माटोको सम्पर्कमा आएपछि पसिनाका कारण खुट्टामा थुप्रै किटाणु टाँसिएका हुन्छन् जसको सफाइएमा हाम्रो ध्यान जाँदैन । त्यसकारण पैतालामा प्याज रगड्दा ब्याक्टेरिया र किटाणु नष्ट हुन्छन् ।

रगत शुद्ध पार्छ – आजकाल खानपिनको गलत व्यवहारका कारण रगत अशुद्ध हुने गर्छ जसका कारण हामी बिरामी पर्छौं । प्याजमा फस्फोरिक एसिड हुने भएकाले यो छालाको माध्यम हुँदै रगतलाई शुद्ध पार्न मद्दत गर्दछ ।

हावालाई शुद्ध गर्छ – जब तपाईं सुत्नुहुन्छ तब खुट्टामा प्याज राख्दा वरिपरि फैलिएको गन्धबाट छुटकारा पाउनुका साथै विषाक्त र केमिकललाई अवशोषित गर्दछ

लाम्खुट्टेले टोक्दा – लाम्खुट्टेले टोकेर रातो भएको छ भने त्यहाँ प्याज काटेर दल्नुस् । फुलेको र फोका आएको पनि निको हुन्छ ।

कपाल झरेको – कपाल धेरै झर्ने गरेको छ भने टाउकोको छालामा काटिएको प्याज दल्नुस् । कपाल झर्न बन्द हुन्छ ।

कुकुरले टोक्दा – कुकुरले टोक्यो भने प्याज पिँधेर त्यसमा मह मिसाएर पेस्ट बनाएर लगाउनुस् । संक्रमण रोकिन्छ अनि तत्कालै डक्टरकोमा गइहाल्नुस् ।

पैताला पोल्दा – कसैकसैलाई पैताला पोलेर आत्तिने स्थिति आइलाग्छ । यस्तो समस्या छ भने पैतालामा प्याज दल्नुस् । पोल्न छोड्छ ।

छालाको संक्रमण – छालामा संक्रमण भएको छ भने उक्त भागमा प्याजको टुक्रा दल्नुस् । संक्रमण हराउँछ ।