मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परिक्षामा राम्रो नतिजा प्राप्त गर्नको लागि प्रश्नको उत्तर यसरी लेख्ने गर्नुहोस

परिक्षामा राम्रो नतिजा प्राप्त गर्नको लागि प्रश्नको उत्तर यसरी लेख्ने गर्नुहोस


हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

१. कुनै प्रश्नको लामो ब्याख्या नगर्ने, छोटो परिभाषा वा बर्णन गरिसकेको पछि बुदाँगत रूपमा लेख्न शुरू गर्ने ।

२. कुनैपनि प्रश्नमा सोधिएका विषयबस्तुको मुख्य केही हरफहरू लेखिसकेपछि बुँदाबाट लेख्ने । कुनै प्रश्नको सब टपिक बनाएर लेख्ने ।

३ प्रश्नले मागे अनुसार, वर्ड फिगर, चार्ट वा टेबल बनाउने ।

४. लामो ब्याख्या कुनैपनि प्रश्नमा नगर्ने । सकेसम्म प्रश्नको मुख्य विषयबस्तुलाई बुँदागत रूपमै लेख्ने ।

५. हिट अन द डेड शैली अपनाउने, कुरा नघुमाई जे सोधिएकै हो त्यसमा सिधै प्रवेश गर्ने । प्रश्न अनुसार हरेक उत्तर एउटा उदारण समेत प्रस्तुत गर्ने ।

६. यदि परिचय, परिभाषा वा व्याख्या गर भनेको छ भने त्यो विषयसँग सम्बन्धित भनाईलाई कोटेशन गरी लख्ने ।

७. लामो र गन्जागोल उत्तर लेख्न भन्दा उपयुक्त र गुणस्तरीय उत्तर लेखनमा जोड दिने ।