मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट अछाम सहित १७ जिल्ला उच्च जोखिममा, हेर्नुस कुन जिल्ला कति जोखिममा ?

कोरोनाबाट अछाम सहित १७ जिल्ला उच्च जोखिममा, हेर्नुस कुन जिल्ला कति जोखिममा ?


काठमाडौं‌- मुलुकका १७ जिल्ला कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्। यस्तै २२ जिल्ला जोखिममा छन् भने १८ जिल्ला मध्यम जोखिममा छन्। २० जिल्ला कम जोखिममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

संक्रमितको संख्याका आधारमा उच्च जोखिम, जोखिम, मध्यम र कम जोखिम गरी जिल्लालाई ४ भागमा विभाजन गरिएको महाशाखाका तथ्यांक अधिकृत कृष्ण पाण्डेले जानकारी दिए।

उच्च जोखिमयुक्त जिल्ला

महाशाखाका अनुसार झापा, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, कपिलवस्तु, बाजुरा, अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा र बैतडी उच्च जोखिममा छन्।

जोखिमयुक्त जिल्ला

मोरङ, सप्तरी, सर्लाही, पर्सा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा, कास्की, नवलपरासी पश्चिम र रुपन्देही जोखिमयुक्त जिल्लाको सूचीमा छन्। दाङ, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बझाङ पनि जोखिमयुक्त जिल्लाअन्तर्गत छन् ।

मध्यम जोखिमयुक्त जिल्ला

इलाम, पाँचथर, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, रामेछाप, बारा, चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, बाग्लुङ, पर्वत, म्याग्दी, रुकुम पूर्व, जुम्ला र दार्चुला मध्यम जोखिमको सूचीमा छन्।

कम जोखिमयुक्त जिल्ला

ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रेपलाञ्चोक कम जोखिमयुक्त जिल्लामा छन्। मकवानपुर, रसुवा, नुवाकोट, लमजुङ, मनाङ, मुस्ताङ, डोल्पा, रुकुमपश्चिम, जाजरकोट, मुगु र हुम्लालाई पनि कम जोखिमयुक्त जिल्लाको सूचीमा राखिएको छ।