मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृ’त्यु, कुल मृ’तकको संख्या ३९

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृ’त्यु, कुल मृ’तकको संख्या ३९


काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा रौतहटका ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । 

उनको असार ३१ गते दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको जनाइएको छ ।  उनी आफ्ना दाजुको अन्तिम संस्कारका लागि भारतको बैंग्लोर गएका र  असार २४ गते नेपाल फर्किएका थिए ।

उनी नेपाल फर्किएसँगै रौतहटकै एक क्‍वारेन्टिनमा रहेका थिए । उनलाई रुघाखोकी र ज्वरोको समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । 

उनको सोही दिन नमुना संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो ।  उनलाई समस्या भएपछि आज बिहान भेन्टिलेटरमा सारिएको थियो ।

पीसीआरको रिपोर्ट उनको बुधबार नै पोजेटिभ आएको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।