मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका सात स्थानमा मौसम मापन केन्द्र स्थापना

सुदूरपश्चिमका सात स्थानमा मौसम मापन केन्द्र स्थापना


अछाम- सुदूरपश्चिम प्रदेशका ७ स्थानमा स्वचालित मौसम मापन केन्द्र स्थापना गरिएको छ। सुख्खा फलफूल केन्द्र सतबाँझ, गोकुलेश्वर कषि क्याम्पस गोकुलेश्वर, कृषि ज्ञान केन्द्र बझाङ र तरकारी जर्मप्लाज्म सम्बर्द्धन तथा बीउ उत्पादन केन्द्र घटाल डडेल्धुरामा मौसम मापन केन्द्र स्थापना गरिएको हो।

त्यस्तै कृषि विकास निर्देशनालय दिपायल डोटी, कृषि ज्ञान केन्द्र कञ्चनपुर र टीकापुर प्राविधिक शिक्षालय कैलालीमा केन्द्र स्थापना गरिएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ ।

मापन केन्द्रले मौसमको पूर्वानुमान, हावाहुरी, घाम, पानी, बादल र आद्रता मापन गर्ने जनाइएको छ । कूल २६ लाख ३९ हजार रुपैयाँ लागतमा निर्देशनालयले उपकरण जडान गरी केन्द्र स्थापना गरेको हो।

कृषि विकास निर्देशनालय दिपायलले जडान गरेको मौसमसम्बन्धी जानकारी दिने उपकरणको रिपोर्ट कृषि विकास निर्देशनालयबाट अध्यावधिक गर्ने जनाइएको छ ।