मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप एक कोरोना संक्रमितको मृ’त्यु, मृ’तकको संख्या ४० पुग्यो

नेपालमा थप एक कोरोना संक्रमितको मृ’त्यु, मृ’तकको संख्या ४० पुग्यो


विराटनगर । वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका एक कोरोना संक्रमित बिरामीको मृ’त्यु भएको छ।

बुधबार स्वास्थ्य समस्या आएपछि भर्ना भएका सप्तरी राजबिराज नगरपालिका वडा नम्बर १ का ७३ वर्षीय बृद्धको मृ’त्यु भएको हो। 

उनमा मुटु, उच्च रक्तचाप र मधुमेह रोगको समस्या रहेको प्रतिष्ठानले जनाएको छ। कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिएपछि उनको स्बाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा सारिएको र उपचारकै क्रममा मृ’त्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

उपचारक क्रममा प्रदेश १ मा कोभिडबाट पहिलो मृ’त्यु भएको हो । मृ’तकको श’व व्यवस्थापनको तयारी थालिएको प्रतिष्ठानले जनाएको छ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट ४० जनाको मृ’त्यु भएको छ ।