मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनिक प्रवक्तामा पौडेल

सैनिक प्रवक्तामा पौडेल


नेपाली सेनामा प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले सम्हालेका छन्।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हालेका हुन्।

यसअघि पौडेल जंगी अड्डास्थित १५ नं बाहिनी र आपूर्ति तथा परिवहन निर्देशनालयको निर्देशकको जिम्मेवारीमा थिए।

यसअघिका प्रवक्तामा सहायकरथी विज्ञानदेव पाण्डे सुर्खेतस्थित उत्तर–पश्चिम पृतनाको पृतनापतिमा सरुवा भएका छन्।