मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप १०१ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज

नेपालमा थप १०१ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज


काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित हालसम्म नेपालमा कोरोना पुष्टि हुनेको कुल संख्या १७ हजार ४४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा २२ हजार ७५६ जना बसिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना पुष्टि भएर आइसोलेसनमा बसिरहेका व्यक्तिको संख्या हाल ५ हजार ८७१ छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेसन तथा अस्पतालबाट कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २८५ छ। आजसम्म ११ हजार ५३४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।