मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एप्पल कम्पनीका सीइओ टिम कुकका सफलताका सुत्र

एप्पल कम्पनीका सीइओ टिम कुकका सफलताका सुत्र


टिम कुक विश्वप्रसिद्ध एप्पल कम्पनीका सीइओ हुन् ।अमेरिकी नागरिक टिम कुकको जन्म सन् १९६० नोवेम्बेर १ मा भएको थियो। टिम कुक भन्दा तल्लो तहमा ८० हजार कर्मचारीले काम गर्छन् । फोर्ब्स म्यागजिनका अनुसार, उनी विश्वकै शक्तिशाली दश सीइओ मध्येका एक हुन् । आफूलाई समलिंगी भन्न नहिच्किचाउने एकान्तप्रेमी उनी फिट रहन, जिम गर्न र साइकिलिङ्ग गर्न मन पराउँछन् ।

टिम कुकका सफलताका सुत्र :

जीवनमा आउने विभिन्न परिस्थिति तथा मोडले गर्दा आफ्नो लक्ष्यबाट विचलित नबन । यदि तिमीले ती परिस्थिति र मोडमा विचलित नभई सही तरिकाले प्रतिक्रिया जनाउँछौ भने ती परिस्थितिले तिमीलाई लक्ष्यमा हिंड्नको लागि अझ धेरै अनुभव दिन्छन्, तिम्रा खुट्टाहरुलाई अझ बलियो बनाउँछन् र मनमा दृढ विश्वास जगाइदिञ्छन् ।

आफ्नो लक्ष्य पूरा गर्नको लागि एकजना आफूले मात्र गर्छु भनेर हुँदैन । त्यसको लागि तिमीलाई एउटा बलियो टिमको आवश्यकता पर्छ । टिममा यस्ता मानिसहरु ल्याउ जसले तिम्रो लक्ष्यलाई बुझ्न सक्छन् , कामलाई गम्भीरताका साथ लिन्छन् र तिम्रो योजना कार्यन्वयनको लागि प्रभावकारी ढंगले काम गर्न सक्छन् ।

अरु मानिसले राखेका तर्कहरु सुन । तर, ती तर्कले तिमीलाई जता उडाउन चाहन्छन् , त्यतै उड्न आफ्ना पखेटा नफैलाउ । ती तर्कहरु विश्लेषण गर र निर्णय आफैले लिएर आफ्नो यात्राको दिशा तय गर । यसरि उड, जसरि चिल आफ्नै नियममा बेप्रवाह उडिरहेको हुन्छ । आफ्नो नियम आफै बनाऊ ।

अरुको तर्कलाई नमान्नु , स्वतन्त्र हुनु भनेको अनुशासनहीन बन्नु होइन । काममा केन्द्रित बन । आफ्नो कामलाई माया गर । काममा अझ राम्रो कसरि गर्न सकिन्छ भनेर सधै सिक्ने प्रयत्न गर । हरेक दिन आफूमा केही न केही सुधार ल्याउने प्रयास गर ।

काम सक्नको लागि नगर । तिमीले कति काम गर्यौ होइन, तिमीले गरेको कामबाट तिमीले कति उपलब्धि हासिल गर्यौ ? तिम्रो काम कति गुणस्तरीय भयो ? त्यो हेर ।

कोही पनि व्यक्ति शतप्रतिशत ‘पर्फेक्ट’ हुँदैन । अरुबाट केही सिक । अरुको संघर्ष, मिहिनेत, सफलता मात्र होइन उनीहरुको गल्ती, पश्चाताप, असफलताबाट पनि केही सिक । यसले गर्दा तिमीले सही समयमा सही निर्णय लिन सिक्छौ र आफ्नो लक्ष्यमा लागिरहनको लागि प्रेरणा समेत मिल्छ ।

अरुले गरेको जस्तो गर्न खोज्ने, अरुजस्तै बन्न खोज्ने गरेर तिमीले सफलता हासिल गर्न सक्दैनौ । तिमी भित्र जुन क्षमता तथा विचार छ, त्यो कुरालाई बाहिर ल्याऊ । त्यसले तिम्रो छुट्टै परिचय बनाइदिन्छ र सफलताको लागि ढोका खोलिदिन्छ ।