मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

सुदूरपश्चिममा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ । 

भारी वर्षाको सम्भावना रहेको क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

देशका बाँकी भागमा आज दिउँसो आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति पदेश १ र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागले बाँकी क्षेत्रमा सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।  

यसैबीच, काठमाडौंमा आज दिनभर सामान्य वर्षाको सम्भावना रहेको विभागकी मौसम विद् शान्ति कँडेलले जानकारी दिइन् । “केही दिन यता कम भएको वर्षा आज पनि उस्तै नै रहने छ । तर भोलि रातिबाट फेरि वर्षा बढ्ने छ,” उनले भनिन् ।